Incident Reports

रुकुम घटनाका दोषीमाथि कारबाही माग गर्दै माइतीघरमा प्रदर्शन

2020-05-29

Bagmati, Kathmandu, Kathmandu

१६ जेठ, काठमाडौं । रुकुम पश्चिम चौरजहारी घटनामा संलग्नमाथि कारबाही माग गर्दै माइतीघर मण्डलामा शुक्रबार प्रदर्शन भएको छ ।

बस्ती संरक्षण अभियान नेपालको संयोजकत्वमा राष्ट्रिय दलित पत्रकार संघलगायत विभिन्न संघ–संस्थाले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा उत्रिएका उनीहरूले पीडितलाई न्याय र उचित क्षतिपूर्ति दिनुपर्ने, घटनामा संलग्नहरुको संरक्षण गर्नेलाई कारबाही गर्नुपर्नेलगायत माग गरेका छन् ।

केही दिनअघि मात्रै चौरजहारीमा केटी लिन भन्दै आएका जाजरकोटका नवराज विक र उनका साथीको शव भेरी नदीमा भेटिएको थियो । घटनामा १ जना बेपत्ता छन् ।

१९ जनाको समूहमा आएका उनीहरुलाई केटी पक्ष र स्थानीयले हत्या गरेको आरोप लागेको छ । अनुसन्धानका लागि वडाध्यक्षसहित केहीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

       

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 30
Actor 1 - Affiliations CSO/NGO
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments