Incident Reports

गाउँपालिकाको गोदामको चामल व्यापारीलाई बेच्न लागेको भन्दै विरोध

2020-05-30

Bagmati, Dhading, Benighat Rorang, Ward 5

जिल्लाको बेनिघाट रोराङ गाउँपालिकाले लकडाउनको मारमा परेकाहरुलाई वितरण गर्न ल्याइएको चामल व्यापारीलाई बेच्न लागेको भन्दै स्थानीयले विरोध जनाएका छन् । राहत वितरणका लागि खरिद गरेर बढी भएको रकम गाउँपालिकाले फिर्ता पठाउन खोज्दा स्थानीयले अवरोध गरेका हुन् । बेनिघाट रोराङ गाउँपालिकाको वडा नं ५ मा रहेको चन्द्रोदय माविको भवनमा राखिएको गोदाममा चामल लिन आएको ट्रकमा स्थानीयले घेरा हालेर लोड गर्न नदिएको हो ।
  
ट्रकमा लोड भइसकेको ५०/६० बोरा चामल स्थानीय आँफैले अनलोड गरेर गोदाम बनाइएको विद्यालयमा ताला लगाइदिएका छन् । तर गाउँपालिकाले भने व्यापार गरेको नभई लकडाउन लम्विदै जाँदा पालिकालाई आवश्यक पर्न सक्छ भनेर व्यापारीसंगको साझेदारीमा स्टक राखिएको चामल व्यापारीलाई फिर्ता गर्न लागेको जनाएको छ । स्थानीयले अवरोध पुर्‍याएपछि विज्ञप्ति जारी गर्दै गाउँपालिकाले हाल खाद्य संकट नभएको र लामो समयसम्म चामल मौज्दात राख्दा बिग्रने सम्भावना भएकाले सम्बन्धित फर्मलाई सहमति दिइएको बताएको छ । 

गाउँपालिकाले लकडाउन सुरु भएको दोस्रो हप्तादेखि नै चामल खरिद गरि राहत स्वरुप वितरण गर्दै आएको थियो । लकडाउन लम्विदै जाँदा भविष्यमा आइपर्ने सम्भावित संकटको लागि चामल खरिद गर्ने र गाउँपालिकालाई आवश्यक नभएको खण्डमा व्यापारीले नै बेच्ने सम्झौता व्यवसायीसँंग भएको गाउँपालिकाका सुचना अधिकारी परशुराम घिमिरेले बताए । ‘लकडाउन लम्विदै जादाँ चामलको संकट हुन सक्छ, त्यसैले व्यवसायीलाई केही पेश्कि रकम दिएर खरिद गरिएको हो’ उनले भने, ‘पालिकालाई आवश्यक नहुँदा उसैले बिक्री वितरण गर्ने सम्झौता थियो, त्यही अनुरुप चामल गाउँपालिकाले गोदाम गरेको हो, अहिले चामलको अभाव पनि छैन, गोदाममा राखिराख्दा सड्ने सम्भावना भएकाले ब्यापारीलाई बेच्नु भनेका हौँ ।’ 

गाउँपालिकाले बेनिघाटकै स्थानीय व्यापारिक फर्म जयश्री जय गणेश मार्फत सम्भावित संकटको लागि भनेर चामल गोदाम गरेको थियो । लकडाउनको बीचमा गाउँपालिकाले २ हजार ८ र ९२ घरधुरीको लागि खाद्यान्न राहत वितरण गरेको थियो । लकडाउनले खुकुलो बन्दै गएकाले अब चामलको आवश्यक नपर्ने र सड्न सक्ने भएकाले व्यवसायीले बिक्रीको लागि अनुमति दिएको गाउँपालिकाले जनाएको छ ।   

स्थानीयहरुले भने गाउँपालिकाले खरिद गरेको चामल ब्यापारीले बेच्न लागेको भन्दै आपत्ति जनाएका हुन् । गाउँपालिकाको गोदाममा हाल ३० केजीको २ हजार ७ सय ७७ बोरा चामल रहेको छ । लकडाउनको बीचमा करिव ६० लाख बराबरको खाद्यान्न खरिद गरेर वितरण गरिसकेको सूचना अधिकारी घिमिरेले जानकारी दिए । 
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Program Interference/Obstruction
Primary Cause Issues related to the delivery of government aid programs (e.g. earthquake rehab/recon)
Secondary Cause Government Relief
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments