Incident Reports

क्वारेन्टिनमा खटिएका प्रहरी कुटिए

2020-05-30

Madhes, Saptari, Kanchanrup, Ward 1

क्वारेन्टिनको सुरक्षार्थ खटिएका एक प्रहरी कञ्चनरुप नगरपालिका–१ वैरवास्थित लक्ष्मीनारायण माविको क्वारेन्टिनमा बसेकाबाट आज कुटिएका छन् । क्वारेन्टिनमा बसेका दुई र उनीहरुलाई भेट्न आएका दुई जनाले मिलेर कुटपिट गर्दा प्रहरी कमलेश साह घाइते भएको इलाका प्रहरी कार्यालय कञ्चनरुपले जानकारी दिएको छ । कुटपिटबाट घाइते प्रहरी साहको दाँहिने घुँडाको माथिल्लो भाग (पटेला) फुस्किएको र अनुहार सुन्निएको नगरपालिकाको स्वास्थ्य शाखाका सिनियर अहेब डम्बर गुप्ताले बताए । 

प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनरुपमा प्राथमिक उपचारपछि घाइते साहलाई उपचारका लागि कञ्चनरुपस्थित धर्मेश्वर अस्पताल भर्ना गरिएको छ । कोभिड–१९ को सङ्क्रमण फैलिनबाट रोक्न एकान्तबासका लागि बनाइएको क्वारेन्टिनमा भारतलगायत बाहिरबाट आएकालाई सुरक्षित राखिए पनि परिवारका सदस्य र गाउँले आएर अनावश्यक भिडभाड गर्ने गरेका प्रहरीको गुनासो छ ।       क्वारेन्टिनमा बसेकालाई भेटघाट गर्न आएका मानिस टाँसिएर कुराकानी गरिरहेका देखि दूरी कायम राखी अलग्गै बस्न भनेकामा क्वारेन्टिनमा बसेका र उनलाई भेटन आएका मिलेर बाँसको लाठीले समेत कुटपिट गरेको घाइते साहले बताए ।     

ज्यान जोखिममा राखेर जनताको सेवामा खटिएका सुरक्षाकर्मीमाथि नै भएको कुटपिटको घटना निन्दनीय भएको इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रमुख एवं प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले बताए । कुटपिटमा संलग्नमध्ये बाहिरबाट आएका एक जना आरोपितलाई पक्राउ गरिएको उनले बताए । क्वारेन्टिनमा रहेका आरोपित हाल क्वारेन्टिनमै प्रहरी निगरानीमा रहेका प्रहरीले जनाएको छ । उक्त क्वारेन्टिननमा हाल ३१ जना रहेका छन् ।   

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Secondary Cause Quarantine Management
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media

0 Comments

Related Reports