Incident Reports

सोह्रखुट्टेमा युवतीमाथि दुर्व्यवहार गरेको आरोपमा दुई चिनियाँलाई प्रहरीले लियो नियन्त्रणमा

2020-05-30

Bagmati, Kathmandu, Kathmandu

सोह्रखुट्टेमा युवतीमाथि दुर्व्यहार गरेको भन्दै प्रहरीले दुई चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको छ।

शनिबार साँझ साढे पाँच बजे बाटोमा हिँडिरहेकी एक युवतीलाई दुर्व्यवहार गरेको देखेपछि स्थानीयले चिनियाँ नागरिकमाथि कुटपिट गरेका थिए।

स्थानीयले खबर गरेपछि प्रहरीले दुबै जनालाई नियन्त्रण लिएको महानगरीय प्रहरी वृत्त लैनचौरका डिएसपी दीपक खड्काले जानकारी दिए।

'क्षेत्रपाटी चोकमा एक चिनियाँले युवतीलाई देखेपछि कफी खान जाम भनेर सोधेछ।तर ती युवती अगाडि हिँड्दा पनि पछिपछि लागे।,'उनले  भने,'स्थानीयले देखेपछि कुटेछन्।'

सो घटनाबारे अहिले वृत्तमा छलफल भइरहेको उनले बताए।

'छलफल भइरहेको छ। अभद्र व्यवहार गरेको भन्दै जाहेरी दिएमा हामीले कारबाही गर्छौं,'उनले भने।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other types of GBV
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments