Incident Reports

जनकपुरमा अटोमेटिक पेस्तोल र गोलीसहित राइन पक्राउ

2020-06-01

Madhes, Dhanusha, Janakpur, Ward 17

धनुषा । जनकपुर उपमहानगरपालिका–१७ बलौनीबाट अटोमेटिक पेस्तोलसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरी लोहरपट्टी नगरपालिका–८ भम्रपुरा बस्‍ने डिके भनिने २० वर्षीय अजिजुल राइन छन् । उनको साथबाट एक था अटोमेटिक पेस्तोल, म्यागजिन ३ थान, गोली ५ राउन्ड र चक्कु १ थान बरममद भएको प्रहरीले जनाएको छ । २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनलाई जनकपुर उपमहानगरपालिका–१७ बलौनीस्थित आपँको बगैचामा ज ४ प ३९३३ नम्बरको मोटरसाइकल रोकी जाँच गर्दा हतियार फेला पारेको हो ।

National/Online Media

0 Comments