Incident Reports

जातिय विभेद विरुद्ध मदानेमा विरोध प्रदर्शन

2020-06-01

Lumbini, Gulmi, Madane

गुल्मी । देशका विभिन्न स्थानमा भएका जातिय विभेदको घटनाका विरुद्ध जिल्लाको स्थानीय तहमा पनि विरोध प्रदर्शन गरिएको छ । सोमबार जिल्लाको मदाने गाउँपालिकामा दलित साझा मञ्चको अगुवाईमा विरोध प्रदर्शन गरिएको  । जिल्लाको कालिगण्डकी गाउँपालिका फोक्सिङ्गमा भएको जातिय भेदभाव, कास्की पोखराको दलित क्रियापुत्रीमाथि गरिएको विभेद, रुपन्देहीको देवदहमा दलित बालिकाको बहोलात्कार र हत्या, रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा अन्तरजातीय प्रेमका कारण नवराज विक सहितका युवालाई गरिएको हत्याका विरुद्ध दोषीलाई कारवाहीको माग सहित विरोध प्रदर्शन गरेका हुन् । 

‘जातीय विभेद अन्त्य गर, जातीय दमन अन्त्य गर, हत्यारालाई फासी दे ’ लगायतका नारा सहित उनीहरुले गाउँपालिकाको कार्यालय अगाडि प्रदर्शन गरेका थिए । ‘दलित एकता जिन्दावाद, पश्चिम रुकुमका दोषीलाई कडा कारवाही गर, फोक्सिङ जातिय विभेद्का दोषीलाई कडा कारवाही गर, रुकुम घटनाका षड्यन्त्रकारी होसीयार, जातिय भेद्भाव अन्त्य गर, लगायतका नारा लगाउँदै उनीहरुले विरोध प्रदर्शन गरेका थिए । विरोध प्रदर्शनमा टिका बहादुर परियार, रामु परियार, टोम बहादुर विक, अशोक विक, जनक नेपाली, जनक नेपाली, महोहन परियार, महेन्द्र बहादुर कुवँर, बसन्त नेपाली लगायतले रुकुम हत्या काण्डका दोषीलाई कडा कारवाहीको माग गरेका छन् । 

रमेश परियारको अध्यक्षता तथा सुब्बा विकको सञ्चालनमा विरोध प्रदर्शन गरिएको थियो । त्यस लगत्तै गाउँपालिका अध्यक्ष दानबहादुर केसीलाई ज्ञापनपत्र बुझाईएको थियो । अध्यक्ष केसीले आफुले सम्बन्धित निकायमा ज्ञापनपत्र पुर्‍याउने बताए । रुकुम पश्चिममा भएको नरसंहारमा अन्तरजातिय प्रेममा रहेका नवराज विक आफ्नी प्रेमिका लिन जाजरकोट जाँदा उनी र उनका पाँच जना साथी मारिएका छन्, भने एक जना अझै बेपत्ता छन् । 

 


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Dalit Organizations
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments