Incident Reports

रुकुम हत्याकाण्डको विरोधमा ढल्केवरमा प्रदर्शन

2020-06-01

Madhes, Dhanusha, Mithila Bihari

ढल्केवर, जेठ १९ गते । पश्चिम रुकुमको चौरजहारी हत्याकाण्डको विरोधमा धनुषाको ढल्केवरमा प्रदर्शन भएको छ । संयुक्त दलित संघर्ष समितिको आयोजनमा सोमवार ढल्केवरमा प्रदर्शन भएको हो । जातकै कारण रुकुम पश्चिममा दलित युवक नवराज विकसहितको युवाको हत्या भएको भन्दै दलित अधिकारकर्मीहरु प्रदर्शनमा उत्रिएका हुन् । जेठ १० प्रेमिका लिन जाजरकोटबाट गएका नवराज विकसहितको टोलीलाई रुकुमको चौरजहारीस्थित सोती गाउँका गाउँलेहरुले आक्रमण गरेका थिए । गाउँलेहरुको आक्रमणमा परी नवराजसहित पाँचजनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छन् । 

सोहि घटनाको विरोधमा प्रदर्शन गरिएको दलित संघर्ष समितिका संयोजक मेघ बहादुर सेन्चुरीले बताए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Dalit Organizations
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments