Incident Reports

वडाध्यक्षमाथि कुटपीट, लूटपाटको आरोप

2020-05-31

Madhes, Bara, Jitpur Simara, Ward 5

प्रस, वीरगंज, १९ जेठ/ 

   सरकारको निर्देशनमा स्थानीय प्रशासनले निश्चित उद्योग सञ्चालनको लागि इजाजत दिएपछि अहिले पर्सा, बारामा सञ्चालित उद्योगहरूबाट अनधिकृत रकम उठाउने कार्य भइरहेको समाचार छ।  

    अनधिकृत रकम उठाउने क्रममा जीतपुरसिमरा उपमहानगर वडा नं ५ का अध्यक्ष मोहित चौधरी पनि मुछिएका छन्। जीतपुरसिमरा–५ बकुलियास्थित एडभान्स केमिकल तथा सिमेन्ट उद्योगका तीनवटा क्लिङ्कर लोड ट्रक वडाध्यक्ष चौधरीले नियन्त्रणमा लिएको र उद्योगमा कार्यरत कर्मचारीलाई कुटपीट गरेको उद्योगले आरोप लगाएको छ।  

    उद्योगका महाप्रबन्धक हरिशङ्कर कर्णले शनिवार मध्यरातमा वडाध्यक्ष चौधरीले २०–२५ जना स्थानीयलाई भेला गराइ क्लिङ्कर लोड भएको युपी ७० एफटी ८२९२, युपी ७२ एटी १४३५ र युपी ७२ एटी १४३६ नं.को भारतीय ट्रकलाई अहिलेसम्म नियन्त्रणमा लिएको बताए।  

    उनले क्लिङ्कर लोड ट्रक पास गराउने क्रममा खटिएका उद्योगका प्रशासकीय प्रमुख देवीलाल थापा र सुपरभाइजर नवीन कर्णलाई वडाध्यक्षसहितको टोलीले कुटपीट गरेको र उनीहरूसँग रहेको अढाई लाख रुपैयाँ छिनेको बताए। थापा र कर्ण तथा चालकहरू सो ठाउँबाट भाग्न सफल भएको उनले बताएका      छन्।  

    वडाध्यक्ष चौधरीले चालकहरूसँग रहेको सवारीका कागजात र साँचो पनि नियन्त्रणमा लिएको उनले बताए। महाप्र्रबन्धक कर्णले सो वडा अन्तर्गतका अन्य उद्योगहरूमा पनि वडाध्यक्षको निर्देशनमा डर, धाक, धम्की दिएर उद्योगीसँग रकम माग गर्ने प्रवृत्ति बढ्दै गएको आरोप लगाएका छन्।  

    घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय, सिमरालाई जानकारी गराएको तर लिखित जाहेरी नदिएको महाप्रबन्धक कर्णले बताए। उनले इप्रकाका प्रनि गोविन्द पुरीले दुवै पक्षलाई बसाएर घटना सुल्झाउने आश्वासन दिएको र जाहेरी दर्ता गर्न नमानेको बताएका छन्। इप्रकाले जाहेरी दर्ता नगरेपछि हुलाकबाट जिल्ला प्रहरी कार्यालय, बारामा जाहेरी दर्ताको लागि पठाएको महाप्रबन्धक कर्णले बताए।  

    घटना सम्बन्धमा वडाध्यक्ष्F मोहित चौधरीसँग बुझ्दा उनले टोल सुरक्षा सुधार समितिले कोरोना सङ्क्रमणको कारण गैरवडावासीलाई प्रवेशमा रोक लगाएको र सो क्रममा भारतीय ट्रक चालकहरू वडावासीको सहमतिविना प्रवेश गर्न खोज्दा घटना भएको बताए। उनले कुटपीट र लूटपाट नभएको बताउँदै विवादको क्रममा तर्साउने काम गरिएको बताएका छन्। उनले ट्रकको कागजपत्र र साँचो आफ्नो नियन्त्रणमा रहेको र ट्रकलाई सडकमा सुरक्षित राखिएको बताएका छन्। 


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Secondary Form Extortion
Weapons Unclear
Primary Cause Other governance issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth unknown
National/Online Media

0 Comments