Incident Reports

रुकुम घटनाविरुद्ध चितवनमा प्रदर्शन

2020-06-01

Bagmati, Chitawan, Bharatpur

चितवन, जेठ १९ । रुकुम पश्चिममा अन्तर जातीय विवाहको विषयमा ५ जनाको हत्या र १ जना बेपत्ता भएको घटनाविरुद्ध चितवनमा जारी प्रदर्शन रोकिएको छैन । 

सरकारले निष्पक्ष रुपमा घटनाको छानबिन गर्नुपर्ने र पीडितलाई न्याय दिनुपर्ने माग गर्दै प्रदर्शन गरिएको हो । 

स्वतन्त्र युवा अमिर सुनारको नेतृत्वमा प्रदर्शन गरिएको हो । घटना भएको दिनदेखि सो समूहले कहिले र्याली त कहिले दिप प्रज्वलन गरी घटनाको निष्पक्ष छानबीनको माग गरेका छन् । 

प्रदर्शनकारीहरुले गणतान्त्रिक मुलुकमा पनि नागरिक असुरक्षित हुनु परेको भन्दै नाराबाजी गरेका थिए । 

उनीहरुले पिडीत परिवारले न्याय पाउनु पर्ने र जातीय बिभेदको अन्त्य नभएसम्म प्रदर्शन जारी राख्ने चेतावनी दिएका छन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Dalit Organizations
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments