Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-04-22

Karnali, Dailekh, Dullu, Ward 8

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दुल्लू नगरपालिका–८ गैरीपिपलका धामी भनेर चिनिने ६१ वर्षीय नन्दाराम भण्डारीलाई प्रहरीले जेठ १९ गते घरबाटै गिरफ्तार गरेको छ ।

वैशाख १० गते झारफुक गर्ने बहानामा बलात्कार गरेको भन्दै जेठ १९ गते परेको उजूरीका आधारमा आरोपित भण्डारीलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी इन्स्पेक्टर नैनबहादुर साउदले जानकारी दिनुभयो ।

बालिकाको बुबा–आमालाई आरोपित आफैले ‘तिम्रो छोरीको पेटमा कपट निकाल्नुपर्छ’ भनेर घरमा बोलाई बलात्कार गरेको कुरा नियमित महिनावारी नखुलेपछि आमाले सोधपुछ गर्दा घटना थाहा भएको उजूरीमा उल्लेख गरिएको छ ।

जेठ २० गते पीडित बालिकाको स्वास्थ्य परीक्षण गर्दा गर्भ रहेको खुलेको दैलेख अस्पतालका डा. जीना सापकोटाले बताउनुभयो । प्रहरीले घटनाको अनुसन्धान सुरु गरिसकेको जनाएको छ ।

अमर सुनार

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments