Incident Reports

बलात्कार घटनाका आरोपित विरूद्ध उजुरी दर्ता

2020-06-01

Lumbini, Rupandehi, Butwal

आठ वर्षीया  बालिका बलात्कार घटनाका आरोपित १३ वर्षीय  बालक विरूद्ध पीडित पक्षले जेठ १९ गते इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दर्ता गराउनु भएको छ ।

पीडित एक्लै भएको बेलामा आरोपितले ०७७ वैैशाख २६ गते  बालिकाको मुखमा टेप लगाएर बलात्कार गरी सम्वेदनशील अङ्गमा लाठीले घोची दिएको थियो । आरोपितले  घटनाबारे कसैलाई भने मार्ने धम्की दिएका कारण पीडितले कसैलाई नबताएको पीडतकी दिदीले बताउनु भयो ।

घटनाको भोलीपल्ट वैशाख २७ गते उठन नसकेपछि उपचारकालागि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा उपचारका लागि लगिएकोमा  दुई दिन उपचारगरे पछि थप उपचारका लागि युनिभर्सल मेडिकल कलेज भैरहवामा रिफर गरिएको थियो ।

घटनामा  बालिकाको यौनाङ्ग च्यात्तिएको र मलद्वारमा  पनि समस्या देखिएपछि बाँया कम्मरको छेउबाट दिशा गर्नका लागि पाइप लगाइएको  पीडितकी दिदीले बताउनु भयो ।

बालिकाको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको बेला घटना बाहिर आएपछि पीडितकी दिदीले इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिनुभएको थियो ।

इलाका प्रहरी कार्यालय, बुटवलका डिएसपी प्रतितसिंह राठोरले उजुरीका आधारमा घटनाको अनुसन्धान अगाडि बढाइएको र आरोपितलाई गिरफ्तारका लागि  अनुमती माग गरिएकामा अनुमति नआएकोले अभिभावकको सङ्रक्षणमा राखेर घटनाको अनुसन्धान भइरहेको बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण जेठ १९ गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा गरिएको प्रहरीले जनायो ।

 

रीमा बिसी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments