Incident Reports

नेपाल मेडिकल कलेजमा कार्यरत चिकित्सकमाथि भएको कुटपिटको विरोध

2020-06-04

Bagmati, Kathmandu, Kathmandu

काठमाडौंको जोरपाटीस्थित नेपाल मेकिडल कलेजमा चिकित्सकमाथि भएको आक्रमणविरुद्ध बिहीबार  काठमाडौँ न्यूरो तथा जनरल  अस्पतालका चिकित्सकहरुले  विरोध जनाएका  छन् । 

अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीले उक्त घटनाको विरोधमा हातमा कालोपट्टी बाँधेर  भत्सर्ना गरेक छन्  । उनीहरुले चिकित्सकमाथि दुर्व्यवहार गर्नेलाई कानुनी कारबाही नगरिएसम्म खबदारी गरिरहने समेत बताएका छन् ।

नेपाल मेडिकल कलेजमा जेठ १४ गते उपचार गराउन ल्याएका एक बिरामीको ज्यान गएको थियो । उक्त घटनामा चिकित्सक दोषी भएको भन्दै बिरामीका आफन्तले हातपात गरेका थिए । उक्त घटनाको विरुद्ध काठमाडौँ न्यूरो तथा जनरल  अस्पतालका   चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले ‘चिकित्सकमाथि आक्रमण गर्नेलाई धरौटीविना जेल’, ‘दण्डहीनताको अन्त्य गर’, ‘स्वास्थ्यकर्मीमाथि हुने आक्रमणविरुद्ध ऐन ल्याऊ’लगायत लेखिएको प्लेकार्ड बोकेका थिए । मेडिकल अफिसर इन्चार्ज डा. सुनिल भण्डारीको  नेतृत्वमा अस्पतालका चिकित्सकहरुले करिब एकघन्टा बिरोध गर्दै  दुर्व्यवहार गर्ने माथि कारबाही माग गरेका हुन् ।

विश्वमै कोरोना भाइरस संक्रमणको महामारीबीच आफ्नो ज्यानको बाजी राखेर काम गरिरहेका चिकित्सकमाथि दुर्व्यवहार हुनु निन्दनीय भएको  कन्सल्टेन्ट  फिजिसियन डा.प्रतिक पौडेलले बताए । 

यसअघि पनि धेरैपटक चिकित्सकहरुमाथि हातपात तथा दुर्व्यवहार हुँदै आए पनि सरकारले दोषीलाई कारबाही नगरिँदा चिकित्सकमाथि आक्रमण तथा दुव्यर्वहार हुन नरोकिएको अस्पतालका प्रबन्ध निर्देशक  डा. लुजा मानन्धरले स्पष्ट पारे ।

उक्त विरोध कार्यक्रममा अस्पताल व्यवस्थापक उमेश खत्रीले समाजले स्वास्थ्यकर्मीहरुप्रति सकारात्मक  व्यवहार गर्न सकेको खण्डमा मात्र  अस्पतालहरु र स्वास्थ्यकर्मीले निर्धक्क भएर सेवा दिनसक्ने बताए ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Other forms of non-violent protest
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Health sector/health workers, doctors
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments