Incident Reports

करणीको आरोपमा गाउँपालिकाका एक कर्मचारी पक्राउ

2020-05-27

Province 1, Ilam, Mangsebung, Ward 6

इलाम । जबरजस्ती करणीको आरोपमा इलामको माङसेबुङ गाउँपालिकाका एक कर्मचारी पक्राउ परेका छन् । माङसेबुङ गाउँपालिका ६ चिसोपानी पंचमी बजारका ५५ वर्षीय असिस्टेन सबइन्जिनियर काजीमान राई पक्राउ परेकोे प्रहरीले जनाएको छ । 

एक महिलाको डेरामा गएर जबरजस्ती करणी गरेको आरोप सबइन्जिनियर राईमाथि लागेको थियो । जेठ १४ गते बुधबार राती आफूमाथि जबरजस्ती करणी भएको भन्दै पीडितले राईविरुद्ध जिल्ला प्रहरी कार्यालय इलाममा जाहेरी दिएकी थिइन् । घटनापश्चात फरार राई कार्यालयमा समेत उपस्थित थिएनन् । प्रहरीले घटनाको ९ दिन पक्राउ गरेको हो । राईलाई म्याद थप गरेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । 

यता गाउँपालिकालाई भने यस विषयमा कुनै जानकारी नआएको माङसेबुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सुवेदीले बताए । ‘अहिलेसम्म आधिकारिक रुपमा गाउँपालिकामा कुनै जानकारी आएको छैन’ प्रमुख प्रशासकीय अधिकृत सुवेदीले भने, ‘आधिकारिक जानकारी आएपछि कानुनी व्यवस्था बमोजिम प्रक्रिया अगाडी बढाउनेछौं ।’ राई हाल माङसेबुङ गाउँपालिका ६ नम्बर वडा कार्यालयमा कार्यरत थिए । तत्कालिन बाँझो गाउँ विकास समितिको असिस्टेन सब इन्जिनियर पदमा कार्यरत राई स्थानीय तह पुनर्संरचना पश्चात बनेको ६ नम्बर वडा कार्यालयमा कार्यरत थिए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
National/Online Media

0 Comments