Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-05-20

Sudurpashchim, Kanchanpur, Bhimdatta, Ward 14

१८ वर्षीया युवतीलाई भिमदत्त नगरपालिका – १४ का २० वर्षीय मदन नेगीले बलात्कार गरेको आरोपमा  प्रहरीले जेठ २२ गिरफ्तार गरेको छ ।

भिमदत्त नगरपालिका – १४ का सागर नेगीले विवहा गर्ने प्रलोभनमा पारेर जेठ ७ गते राति युवतीलाई मझगाउँमा लगेर सामूहिक बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ ८ गते सागर नेगी, मदन नेगी र अजय भण्डारीकाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकोले मदन नेगीलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रबिन्द्र पौडेलले बताउनु भयो ।

पीडित पक्षको उजुरीका आधारमा भीमदत्त नगरपालिका – १४ का अजय भण्डारीलाई जेठ ९ गते नै गिरफ्तार गरी अनुसन्धान भइरहेको र अन्य आरोपितहरु फरार रहेकाले खोजी भइरहेको डिएसपी पौडेलले बताउनु भयो ।

पीडित युवतीको जेठ ९ गते महाकाली अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जनायो  ।

 

कोमलनिरन्जन भाट

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments