Incident Reports

कैलालीमा वडाध्यक्ष सहितको टोलीद्वारा स्थानीयमाथि आक्रमण, छोरा पक्राउ

2020-06-06

Sudurpashchim, Kailali, Gauriganga, Ward 3

धनगढी : कैलालीमा भारतबाट फर्किएका नागरिलाई क्वारेन्टिनमा राख्न आग्रह गर्दा स्थानीयमाथि आक्रमण भएको छ। कैलालीको गौरीगंगा नगरपालिका वडा नम्वर ३ का अध्यक्ष नरवहादुर शाहको नेतृत्वमा आएको टोलीले स्थानीयमाथि आक्रमण गरेको आरोप लागेको हो।

‘मुम्बईबाट फर्किएका १० जनालाई क्वारेन्टिनमा राख्न आग्रह गरेका थियौँ तर वडा कार्यालयले उनीहरुको व्यवस्थापन गर्न मानेको थिएन्,’ स्थानीय सरस्वती शाहले भनिन्, ‘सोही विषयमा विवाद बढेपछि आज विहान वडा अध्यक्ष सहितका ३०, ४० जना आएर चार जना स्थानीयमाथि हातपात गरिएको छ।’ उनले वडा अध्यक्षका छोराले समेत स्थानीयमाथि हातपात गरेको बताईन्।

यता वडा अध्यक्ष शाहले भने हातपात भएको विषयमा आफुलाई जानकारी नभएको बताए। ‘वडा कार्यालय अगाडि फोहोर गरेको गुनासो आएपछि मैले सम्झाएको थिए,’ वडा अध्यक्ष शाहले भने, ‘आक्रमण कस्ले र किन ग¥यो भन्ने विषयमा मलाई जानकारी छैन्।’

यता ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरिक्षक ज्ञानवहादुर विष्टले सनीयमाथि आक्रमण भएको गुनासोपछि प्रहरी खटाइएको बताए। उनले वडा अध्यक्षका छोरा सुजन शाहलाई पक्राउ गरीएको जानकारी दिए। 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (large group)
Weapons Unclear
Primary Cause Other governance issues
Secondary Cause Quarantine Management
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 4
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
National/Online Media

0 Comments