Incident Reports

कोरोना संक्रमितलाई चार दिनदेखि क्वारेन्टाइनमै राखेको भन्दै गैरसंक्रमित आन्दोलित

2020-06-05

सर्लाहीको कविलासी नगरपालिकामा कोरोना संक्रमण पुष्टि भएकाहरू चार दिनदेखि क्वारेन्टाइनमा नै छाडिएका छन् ।

कविलासी नगरपालिकास्थित अर्गवा माध्यमिक विद्यालयमा बसिरहेका ४० जना संक्रमितलाई चार दिनसम्म पनि क्वारेन्टाइनमा नै अलपत्र छाडिएको हाे ।

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला सदरमुकाम मलंगवामा रहेको एक नर्सिङ क्याम्पसलाई समेत ५० बेड क्षमताको आइसोलेसन वार्ड बनाइएको थियो ।

त्यसमा समेत ठाउँ अभाव भएपछि उनीहरूलाई क्वारेन्टाइनमै राखिएकाे हाे ।

यही १९ जेठमा कोरोना संक्रमण पुष्टि भए पनि उनीहरू अझै क्वारेन्टाइनमा नै छन् ।

जिल्लामा तयार भएको एक मात्र आइसोलेसन मलंगवाको नर्सिङ क्याम्पसमा बेड अभाव भएपछि उनीहरूलाई केही दिन क्वारेन्टाइनमै होल्ड गर्नुपरेको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए ।

जिल्ला विपत् व्यवस्थापन समिति संयोजकसमेत रहेका जिसीका अनुसार उनीहरूलाई मलंगवामा रहेको नर्सिङ क्याम्पसको आइसोलेसनमा लैजाने प्रयास भने भइरहेको छ ।

यसरी चार–चार दिनसम्म पनि संक्रमितलाई क्वारेन्टाइनमा राख्दा अन्य व्यक्तिमा पनि संक्रमणको खतरा बढेको कविलासी नगरपालिकाका मेयर कौशलकिशाेर रायले बताए ।

केन्द्र र प्रदेश सरकारले स्थानीय तहलाई कोरोना संक्रमण रोकथाममा सहयोग नगरेको उनको भनाइ छ ।

‘यो क्वारेन्टाइनभन्दा पनि कोरोना संक्रमण फैलाउने ठाउँ बनाइएको छ,’ उनले भने, ‘यसरी जबर्जस्ती थुनेर राखेर कोरोना संक्रमण निको हुने देखिँदैन, व्यवस्थित गर्नुपर्ने हो ।’

स्थानीय सरकारले पहिलो चरणको काम सम्पन्न गरेपछि सरकारले संक्रमितलाई आइसोलेसनमा राखेर उपचार गर्नुपर्नेमा अलपत्र छाडेको उनले आरोप लगाए ।

भारतबाट आएर उक्त क्वारेन्टाइनमा बसेकाहरूको स्वाब गत १० जेठमा परीक्षणका लागि पठाइएकोमा नाै दिनपछि ३६ जनामा कोरोना संक्रमणसहितको रिपाेर्ट आएको थियो ।

लामो समय सँगै बसेका भनेर अन्य नेगेटिभ देखिएकाको समेत आरडिटी परीक्षण गर्ने क्रममा पिसिआर निगेटिभ देखिएका चारजनामा पोजेटिभ देखिन पुगेको थियो ।

उनीहरूसहित ४० जना अहिले सोही क्वारेन्टाइनमा थप उपचारको प्रतीक्षामा बसिरहेका छन् ।

संक्रमितसँगै अन्यलाई पनि राखेको भन्दै सोही क्वारेन्टाइनमा बसेकाहरू आन्दोलित भएका छन् ।

कविलासी नगरपालिकामा मात्र २२ दिनदेखि क्वारेन्टाइनमा स्वाब परीक्षणका लागि कुर्नेको संख्या दुई सय ५० भन्दा बढी रहेको छ ।

गत बुधबार दुई सय ७० जनाको स्वाब संकलन गरेर परीक्षणका लागि काठमाडाैं पठाइएको नगरका मेयर रायले बताए । नगरमा क्वारेन्टाइनमा रहेकाहरू निकै कष्टकर रूपमा बसिरहेका उन्को भनाइ छ ।

स्वाब संकलन गरेको १५ दिनसम्म पनि रिपाेर्ट नआउँदा थप समस्या पर्न थालेको छ ।

गोडैता नगरपालिकाको क्वारेन्टाइनमा रहेकाहरूको स्वाब संकलन गरेको ११ दिन भइसक्दा पनि रिपाेर्ट नआएको नगरका मेयर देवेन्द्रकुमार यादवले बताए ।

आफूहरूलाई व्यवस्थित तरिकाले राख्नेभन्दा पनि भद्रगोल तरिकाले राखेकोे गोडैतास्थित क्वारेन्टाइनमा रहेका राजेन्द्र महतोले गुनासो गरे ।

क्वारेन्टाइनमा बसेका राजु रायले संक्रमित र अन्यलाई एकै ठाउँमा राखेकाले जोखिम थप बढेको बताए ।

‘उच्च मनोबलले कोरोना जित्न सकिन्छ भन्छन्,’ उनले भने, ‘हामीलाई भद्रगोल तरिकाले राखिएको छ, यस्तो अवस्थामा कसरी मनोबल बढ्ला ?’

जिल्लास्थित गोडैता, रामनगर, चन्द्रनगर, हरिपूर्वा, पर्सा, मलंगवालगायतका आधा दर्जन पालिकाहरूको क्वारेन्टाइनमा बसेकाहरूले गएराति आन्दोलन नै गरेर विरोध जनाएकाे जिल्ला समन्वय समिति सभापति मेथुर चौधरीले जानकारी दिए ।

‘यता उनीहरू आत्तिएका छन्,’ समन्वय समिति प्रमुख चौधरीले भने, ‘उता परीक्षण सुस्त छ, परीक्षणका लागि पठाएको स्वाब काठमाडाैंमा गएर बसेको छ ।’

स्थानीय तहको लापरबाहीका कारण आफूहरूले बन्धक बनेर बस्नुपरेको भन्दै क्वारेन्टाइनमा बसेकाहरूले सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीमाथि ढुंगामुढासमेत गरेका थिए ।

सर्लाहीमा विभिन्न स्थानीय तहको क्वारेन्टाइनमा कोरोना परीक्षणको पर्खाइमा करिब ३४ सय रहेका छन् ।

त्यसैगरी १६ सयभन्दा बढीको स्वाब परीक्षणको रिपोर्ट आउन बाँकी रहेको छ । 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Other forms of non-violent protest
Primary Cause Other governance issues
Secondary Cause Quarantine Management
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments