Incident Reports

प्रहरीले पसल बन्द गराउन खोजेपछि न्यूरोडमा झडप

2020-06-09

Bagmati, Kathmandu, Kathmandu

काठमाडौं- मंगलबार बिहान काठमाडौंको न्यूरोडमा प्रहरी र स्थानीय व्यापारीबीच झडप भएको छ ।

लकडाउनको समयमा खोलिएका पसल प्रहरीले बन्द गराउन खोजेपछि झडप भएको हो । व्यापारीहरु प्रतिकारमा उत्रिएपछि सो क्षेत्रमा अहिले ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघका महासचिव टेकबहादुर शाक्यले प्रहरीले पसल बन्द गर्न दवाव दिएपछि तनाव भएको बताए ।

स्थानीयका अनुसार प्रहरीले पसल बन्द गर्न दिएको निर्देशन व्यापारीहरुले नमानेपछि झडप भएको हो ।

तनावपछि न्युरोड गेट, रन्जना गल्ली आसपासमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

व्यापारीहरुले लामो लकडाउनले समस्यामा परेको भन्दै लकडाउन उल्लंघन गरेर केही दिनयता पसल खोल्दै आएका छन् ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Blunt weapon
Primary Cause Other governance issues
Secondary Cause Lockdown Enforcement
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 50
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth unknown
National/Online Media

0 Comments