Incident Reports

बालुवाटार प्रदर्शनमा पानीकाे फाेहाेरा

2020-06-09

Bagmati, Kathmandu, Kathmandu

काठमाडौँ — मंगलबार बालुवाटार क्षेत्रमा लकडाउनलाई व्यवस्थित र खुकुलो बनाउँदै कोरोना भाइरसको परीक्षण दायरा बढाउनुपर्ने माग गर्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले पानीको फाेहाेरा हानेको छ ।

लकडाउनका बेला कर असुलेको, पीसीआर परीक्षणको दायरा नबढाएको र महामारीका बेला राष्ट्रपति कार्यालयको कार्पेट फेर्नेलगायतका काममा सरकार व्यस्त भएको भन्दै सामाजिक अभियन्ता र सर्वसाधारणहरु विरोध प्रदर्शमा उत्रिएका थिए । केही प्रदर्शनकारीलाई प्रहरीले लकडाउन उल्लंघन गरेको भन्दै नियन्त्रणमा लिएको छ । 

काठमाडौं प्रहरी प्रवक्ता डीएसपी राजकुमार केसीले प्रधानमन्त्री निवास बालुवाटार वरपरको निषेधित क्षेत्र प्रवेश गर्ने, लकडाउन उल्लंघन गर्ने र उच्छृङ्खल गतिविधि देखाएकाले उनीहरुलाई नियन्त्रणमा लिन पानीको फोहोरा र लाठीचार्ज गरिएको बताए । 

लकडाउनको विरोधमा स्वत:स्फुर्त रुपमा संगठित भएका युवाहरु प्रदर्शनमा उत्रिएका थिए । डीएसपी केसीले लकडाउन उल्लंघन गर्नेलाई कानुनअनुसार नियन्त्रणमा लिइने बताए ।
















  

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Violence against civilians
Secondary Form Excessive Use of Force
Weapons Other
Primary Cause Other governance issues
Secondary Cause Freedom of Assembly
Actor 1 - Number of people 24
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 100
Actor 2 - Affiliation (Target) Protesters/demonstrators
Actor 2 - Youth unknown
National/Online Media

0 Comments