Incident Reports

रुकुम घटना न्यायको लागि स्केटसहित युवा सडकमा

2020-06-08

Bagmati, Kathmandu, Kathmandu

काठमाडौँ । रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ मा भएको घटनाको छानविन गरी दोषीमाथि कारवाही गर्नुपर्ने माग गर्दै स्केटसहित युवाहरुले आज माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । प्रदर्शनमा सहभागि युवाहरुले ‘जातीय भेदभाव तथा छुवाछूत अन्त्य गर’, ‘रुकुम घटनामा मारिएका नवराज विकलगायत ६ जनालाई न्याय दे’, ‘सबै प्रकारका विभेद अत्य गरौँ’, ‘नवराज विकलगायत ६ जनाका हत्यारालाई सजायँ’ र ‘मानव अधिकार कायम गर’ लेखिएका प्ले कार्ड बोकेका थिए । प्रदर्शनकारीले देशैभरी भएका जातीय भेदभावका घटनामा संलग्न दोषीलाई कडा कारवाही गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेका हुन् ।प्रदर्शनमा सहभागि युवा जागृत पहाडीले आजको २१ औँ शताब्दीमा पनि जातीय भेदभाव तथा छुवाछूतकै कारण मान्छेको हत्या गर्नु निन्दनीय भएको बताउँदै रुकुम घटनाका दोषीलाई कडा कारवाहीको माग गरे । 

यही जेठ १० गते रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोती निवासी सुश्मा मल्लसँग नवराज विश्वकर्माको अन्तरजातीय प्रेम सम्बन्ध भएको र विवाहका लागि साथीहरु लिएर केटीको घरमा जादैगर्दा स्थानीयले कुटपिट गरी हत्या गरिएको पीडित परिवारको भनाइ छ । मृतक नवराजको शव भेरी नदीमा भटिएको थियो । नवराजसँगै केटीको घरमा गएका अन्य ५ जनाको शव पनि भेरी नदीमा भेटिएको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 40
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments