Incident Reports

मूल्य कम हुँदा चिया किसान आन्दोलित

2020-06-09

Province 1, Ilam, Suryodaya, Ward 8

इलाम, जेठ २८ गते । समयमा हरियो पत्ती टिप्न नपाउँदा घाटा बेहोरेका इलामका चिया किसानलाई उद्योगीले मूल्य कम दिँदा आन्दोलित भएका छन् । सूर्योदय नगरपालिकाले ०७५ देखि नै चियासम्बन्धी कार्यविधि जारी गर्दै किसानको हरियो चियाको मूल्य प्रतिकिलो ४० रुपियाँ निर्धारण गरेको थियो । अघिल्लो दुई वर्ष अर्थात् ०७५ र ०७६ मा उद्योगीले कार्यविधिअनुसार तोकिएको मूल्य किसानलाई दिएका थिए ।  

यो वर्ष भने लकडाउनका कारण चिया बिक्री हुन नसकेको भन्दै उद्योगहरूले आआफ्नै ढङ्गले चियाको मूल्य तोकेको अन्तुका किसान धरणीप्रसाद घिमिरेले बताउनुभयो । अन्तुस्थित इलाम टि प्रोड्युसर्सले किसानको हरियो पत्तीको मूल्य २० रुपियाँ र ३० रुपियाँ प्रतिकिलो निर्धारण गरेको बताउनुभयो । “नगरपालिकाले निर्धारण गरेको गुणस्तरअनुसार किसानले चिया बिक्री गर्ने तर नगरपालिकाले नै निर्धारण गरेको मूल्य भने किसानलाई उद्योगीले नदिने काम भएको छ,” घिमिरेले भन्नुभयो, “हामीले टि प्रोड्युसर्सलाई पनि ध्यानाकर्षणपत्र बुझाएर निर्धारित मूल्य नदिए किसानले पनि हरियो पत्ती नदिने जनाउ दिएका छौँ । ”  

नगरपालिकामै सञ्चालित हिमालय रेन्ज चिया उद्योगले त सूचना नै जारी गरी ५० प्रतिशतमाथि मुना भएको चिया ‘ए ग्रेड’ भन्दै त्यसको ३० रुपियाँ प्रतिकिलो मूल्य तोकेको छ । यस्तै ५० प्रतिशत मुना भएको ‘बि ग्रेड’लाई ३० रुपियाँ र ‘सि ग्रेड’ खरिद नगर्ने सूचनामा उल्लेख छ ।  

सूर्योदय नगरपालिकास्थित सूर्योदय टि एसोसिएसनमा आबद्ध ६२ चिया उद्योगले आआफैँ मूल्य दिन थालेपछि यहाँका किसानले प्लेकार्डसहित विरोध जनाएका छन् ।

किसानले नगरपालिकाले निर्धारण गरेको मूल्य उद्योगले दिनैपर्ने जनाएका छन् । एसोसिएसनले आधिकारिक रूपमा सूचना नगरे पनि उद्योगहरूले भने मनपरी ढङ्गले चियाको मूल्य कायम गरेको पाइएको नगरपालिकास्थित आर्थिक समिति संयोजक देवेन्द्र शर्मा आचार्यले बताउनुभयो ।  

“चियाको मूल्य निर्धारण गरेअनुसार नपाएपछि उद्योगी र एसोसिएसनका प्रतिनिधिबीच छलफल गरेका छौँ, यहाँ रहेका सबै उद्योगलाई नगरपालिकाको चिया कार्यविधिको मापदण्ड कार्यान्वयन गर्न भनेका छौँ,” आचार्यले भन्नुभयो, “चिया बिक्री भएन भन्ने उहाँहरूको कुरा छ, चिया बिक्रीका लागि जटिल समस्या आए आपसी समन्वय, बजार व्यवस्थापन गर्न प्रदेश र सङ्घीय सरकारसँग समन्वय गर्ने उद्योगीहरूसँग पनि सहमति भएको छ । ” नगरपालिकाको चियाको मापदण्ड र कार्यविधि नमान्ने भए ती उद्योगहरूलाई नगरपालिकाले कारबाही गर्ने  पनि आचार्यले बताउनुभयो ।  

यता टि एसोसिएसनका सचिव गोपाल कट्टेलले भने चिया निकासी र बजार सहज नहुन्जेल नगरपालिकाले तोकेको न्यूनतम मूल्य प्रतिकिलो ४० रुपियाँ दिन नसकिने बताउनुभयो । “तयारी अवस्थामा रहेको ‘फस्ट फ्लस’ गोदाममै छ, भारत निकासी हुनै सकेको छैन,” कट्टेलले भन्नुभयो, “बजार सहज नभई उद्योगले कम मूल्यमै खरिद गर्न थालेका छन् । ” कट्टेलका अनुसार आठ लाख किलो तयारी चिया गोदाममै थन्किएको छ ।  

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Labor organization, trade unions and other organizations based on economic demands
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
National/Online Media

0 Comments