Incident Reports

प्रहरी हिरासतमा रहेमा एक युवा मृत फेला, स्थानीयद्वारा प्रहरीमाथि ढुंगामुढा

2020-06-10

Madhes, Dhanusha, Sabaila, Ward 12

जनकपुरधाम : धनुषाको इलाका प्रहरी कार्यालय सवैलाको थुनुवा कक्षमै एकजना झुन्डिएर मृत्यु भएको अवस्थामा भेटिएका छन्। थुनामा रहेका सवैला नगरपालिका- १२ का २२ वर्षीय शभ्मु सदा मुसहर झुन्डिएको अवस्थामा मृत भेटिएको इलाका प्रहरी कार्यालय सवैलाका प्रहरी निरीक्षक चन्द्रभुषण यादवले बताए। ‘सवारी ज्यान कसुर मुद्दामा थुनामा रहेका मुसहर गए राति २ बजे तिर थुनुवा कक्षको शौचालयमा झुन्डिएको मृत अवस्थामा हामीले पायौं, प्रहरी निरीक्षक यादवले भने। एता थुनामै मुसहरको मृत्यु भएपछि घटना शंकाष्पद रहेको भन्दै उनका गाँउलेहरु धनुषाको वडा १२ बरकुर्वामा सडक अवरुद्व गरि प्रदर्शन गरिरहेका छन्। त्यहाँ पुगेको प्रहरीको भ्यानमा समेत उनीहरुले तोडफोड गर्न थालेपछि स्थिती नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्याँस समेत प्रहार गरेको छ। प्रहरी हिरासतमै मृत्यु हुनु शंकाष्पद रहेको भन्दै उनीहरु सत्य तथ्य छानविनको माग गरिरहेका छन्। भीड र स्थितिलाई नियन्त्रणमा लिनको लागि आश्रुग्यास फायर गरिएको प्रहरीले जनाएको छ।स्थानीयहरु प्रहरी चौकीमा बाहिरैबाटै ढुँगामुढा गरेपछि बाहिर राखिएको भ्यानमा क्षति पुगेको हो। एता घटनाको छानबिन भइरहेको धनुषा प्रहरीले जनाएको छ। 


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Violent demonstration
Weapons Blunt weapon
Primary Cause Other governance issues
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 20
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
Totally damaged Vehicles 1
National/Online Media

0 Comments