Incident Reports

शिकार खेल्न हिँडेका ४ जना भरुवा बन्दुक सहित पक्राउ

2020-06-10

Gandaki, Tanahun, Bandipur, Ward 1

 तनहुँ, २८ जेठ २०७७ बन्दिपुर गाउँपालिका-१ उपल्लो फाँटस्थित जंगलमा शिकार खेल्न हिंडेको अवस्थामा ४ जनालाई मंगलबार साँझ १ नाल भरुवा बन्दुक सहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ब्यास नगरपालिका-१२ सिमलटारी बस्नेहरु १९ वर्षीय संदिप मगर, १९ वर्षीय सन्तोष गुरुङ, २१ वर्षीय सुजन थापा मगर र बन्दिपुर गाउँपालिका-३ बस्ने २१ वर्षीय हिन्जम गुरुङ रहेका छन् । शिकार खेल्न गएकामध्ये बन्दिपुर गाउँपालिका-३ बस्ने २८ वर्षीय धर्मपाल गुरुङ हाल फरार रहेकाले प्रहरीले खोजी गरिरहेको छ ।अवैध रुपमा भरुवा बन्दुक सहित शिकार गर्न हिँडेका भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय भानु मुकामबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त बन्दुक सहित उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

0 Comments