Incident Reports

बारामा ‘एक घर, एक व्यक्ति पीसीआर टेस्ट’को माग राखेर प्रदर्शन

2020-06-11

Madhes, Bara, Pheta

सरकारले नयाँ टेस्टिङ गाइडलाइन सार्वजनिक गरेको छ । जसमा क्वारेन्टिनमा १४ दिन बसेकालाई समेत आरडीटी टेस्ट गरेर घर पठाउने भनिएको छ । सोही अनुसार कामहरु पनि भइरहेका छन् । तर सर्वसाधरण भने यसबाट असन्तुष्ट छन् । समुदाय स्तरमा पनि पीसीआर परीक्षण हुनुपर्ने माग उनीहरुको छ ।

बारामा एक घर, कम्तिमा एक आरटी पीसीआर टेस्ट हुनुपर्ने माग राखेर प्रदर्शन गरिएको छ । फेटा गाँउपालिका–१ का युवाहरुले भलुही चौकमा बिहीबार बिहान प्रदर्शन गरेका हुन् ।

जनताको घरघरमा पुग्न सक्ने स्थानीय सरकारकै पहलमा आरटी पीसीआर जाँच हुनुपर्ने माग उनीहरुले राखेका छन् । ‘कम्तीमा एक घर, एक व्यक्तिको पीसीआर टेस्ट हाम्रै स्थानीय निकायको पहलमा होस्’ भन्ने नारा लेखिएको प्लेकार्ड सहित मास्क लगाएर व्यक्तिगत दुरी कायम गर्दै उनीहरुले उभिएर प्रदर्शन गरे । सर्वसाधरणलाई लकडाउन गरेर घरमा थुनेर मात्रै कोरोना संक्रमण रोकथाम र नियन्त्रण गर्न नसकिने निष्कर्ष उनीहरुको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Secondary Cause Healthcare Management
Actor 1 - Number of people N
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments