Incident Reports

मानव अधिकारकर्मी साहमाथि कुटपिट

2020-06-11

Province 1, Morang, Biratnagar, Ward 11

विराटनगर, २९ जेठ । मानव अधिकारकर्मी सन्जू साहमाथि कुटपिट भएको छ । बाटो बनाउने विषयमा विवाद हुँदा समुहमा आएका व्यक्तिहरुले साहलाई घरमै बसेको अवस्थामा कुटपिट गरेका हुन । 

बिहिबार दिउँसो विराटनगर ११ मा रहेको साहको घरमै आएका आठ जनाको समुहले कुटपिट गरेको थियो ।  

आठजनाको समुहमा घरेलुु हतियारसहित आएकाहरुले निर्घात कुटपिट गरेको उनले बताइन । कुटपिटका कारण साहको देब्रे हात ,छातीमा चोट लागेको छ । 

कुटपिट गर्ने समुहले ज्यान मार्ने धम्की दिएको उनले बताइन । सञ्जु साह स्थानीय सडक विस्तार गर्ने उपभोक्ता समितिमा छन् । 

साहको कोशी अस्पताल विराटनगरमा उपचार भइरहको छ । कुटपिटमा संलग्नको प्रहरीले खोजी गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Homemade/traditional firearms
Primary Cause Access/control of development infrastructure (roads, bridges)
Actor 1 - Number of people 8
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 1
Female Injured 1
National/Online Media

0 Comments