Incident Reports

घरभाडा मिनाहा तथा १० अर्ब खर्चको पारदर्शिता माग गर्दै वीरगन्जमा प्रदर्शन

2020-06-11

Madhes, Parsa, Birgunj

जेठ २९, २०७७ पर्सा : ‘घरभाडा, कर समयसापेक्ष गर’, पिसिआर परीक्षण बढाऊ,’ ‘खर्चको पारदर्शिता गर’जस्ता नारासहित वीरगन्जका युवाहरुले पनि आज प्रदर्शन गरेका छन्। विद्यार्थी तथा स्थानीय युवाले केन्द्र, प्रदेश र स्थानीय सरकारको कमजोरी अविलम्ब सच्याउन माग गर्दै वीरगन्जमा प्रदर्शन गरेका हुन्।  लकडाउनको समयको घरभाडा मिनाहा गर्ने भनेको सरकारको बोली मिथ्या भएको उनीहरुको आरोप छ। ‘उद्योगी, व्यवसायीलाई करको मार पनि उस्तै छ। अझ समय तोकी तोकी कर तिर्न सरकार उर्दी जारी गर्छ । आम मानिसलाई लकडाउनमा राखेका पिसिआर परीक्षण बढाउँदैन, यस्तो हर्कत रोकिनु पर्छ’, भन्दै युवाहरु सडकमा उत्रिएका हुन्।सुरक्षा सतकँता अपनाउँदै र तोड्दै वीरगन्ज बजारमा निस्किएका युवाको प्रदर्शन रोक्न सुरक्षाकर्मीलाई धौधौ परेको थियो। विगतका आन्दोलनमा झैं उनीहरुको प्रदर्शन रोक्न प्रहरीले लामबद्ध नीति अवलम्बन गरेको थियो।  स्वतरुफूर्त बाहिर निक्लिएका युवाले स्थानीय, प्रदेश र केन्द्र सरकारको जनता हेपाहा प्रवृत्ति अविलम्ब बन्द गरी जनहितमा काम गर्न माग गरेका छन् । राहत, मिनाहाका कुरा काखापाखा नगरी १० अर्बको खर्च पारदर्शिताको पनि उनीहरुले जोडदार माग गरेका छन्।  

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Secondary Cause Healthcare Management
Actor 1 - Number of people 24
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments