Incident Reports

गृह मन्त्रालयको धम्की बेवास्ता गर्दै बसन्तपुरमा ओर्लिए युवाहरु

2020-06-12

Bagmati, Kathmandu, Kathmandu

काठमाडौँ – कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणमा सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै आज (शुक्रबार) पनि काठमाडौँमा प्रदर्शन भएको छ ।

केही दिन यता युवाहरुको समूहले स्वतस्फुर्त रुपमा सरकारविरुद्ध प्रदर्शन गरिरहेका छन् । गृहमन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै लकडाउनको उल्लंघन गरी प्रदर्शन नगर्न धम्की दिएको थियो ।

तर गृहको धम्की बेवास्ता गर्दै युवाहरुको समूहले शुक्रबार पनि काठमाडौँको बसन्तपुरमा प्रदर्शन गरेको हो । बिहीबार नक्सालमा भएको प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेको थियो ।

नक्साल क्षेत्रमा ठूलो संख्यामा उपस्थित प्रदर्शनकारीमाथि प्रहरीले पानीको फोहोरा, लाठी चार्जका साथै अश्रु ग्याससमेत प्रहार गरेको थियो।

कोरोना नियन्त्रणका लागि प्रभावकारी काम गर्न नसकेको भन्दै सरकारविरुद्ध युवाहरुले नाराबाजी गरिरहेका छन् । प्रहरीले प्रदर्शनमा उत्रेका एक युवालाई पक्राउ गरेको छ । विरोध प्रदर्शनमा सहभागी हेमराज थापालाई प्रहरीले पक्राउ गरेको हो ।

केही तस्बिरहरु

       

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Secondary Form Detention of Protesters
Primary Cause Other governance issues
Secondary Cause Freedom of Assembly
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments