Incident Reports

अस्पतालबाट डिस्चार्ज भएका स्वास्थ्यकर्मीको दुखेसो : गाउँलेले घर जानै दिएनन्, बाइकै तोडफोड गरिदिए

2020-06-10

Karnali, Jumla, Kanakasundari

जुम्लाको कनकासुन्दरी गाउँपालिकामा कार्यरत एक जना अहेव जेठ ७ गतेदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठनामा रहेको एकीकृत क्वारेन्टिनमा खटिए। क्वारेन्टिनमै खटिएका उनमा त्यसको १२ दिनपछि कोरोना देखियो।

जेठ १९ गते गरिएको सामूहिक परीक्षणमा उनलाई पनि कोरोना आशंका गरियो। २१ गते गरिएको पिसिआर परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भयो। सोही दिनदेखि उनीसहित सँगै कोरोना संक्रमण पुष्टि भएकाहरू आइसोलेसनमा बसे।

आइसोलेसनमा बसेको एक सातापछि उनी कोरोनामुक्त भएका छन्। जेठ २८ गते उनलाई अस्पतालले डिस्चार्ज गरिसक्यो। अस्पतालले डिस्चार्ज गरे पनि उनी घर भने जान सकेका छैनन्। अहिले एक होटलमा बसिरहेका छन्।

उनी आफूलाई कोरोनाले भन्दा पनि समाजले दु:ख दिएको बताउँछन्।

उनी भन्छन्, ‘अस्पतालबाट डिस्चार्ज भइसकेपछि गाउँ जान खोजियो तर हामीलाई समाजले जानै दिएन, समाज डराएर हामीलाई दु:ख भएको छ।’

गाउँ जान खोज्दा मोटरसाइकल समेत गाउँलेले तोडफोड गरेको उनले बताए।

‘अब डिस्चार्ज भइयो घरमै गएर होम क्वारेन्टिनमा बसौं न त भनेर गाउँ जान लागियो,’ उनले भने, ‘जान दिएनन्, बाइकै तोडफोड गरियो।’

डिस्चार्जपछि आफूलाई रुघाखोकी निको भएको जस्तो महशुस भएको उनले बताए। यसअघि पनि खोकी लाग्ने, टाउको दुख्ने, घाँटीतिरको भागमा खटिरा आउने, खकार बन्ने जस्ता लक्षण देखिएको उनले बताए ।

उनी कोरोना भाइरससम्बन्धी प्रचार नै गलत भएकाले समाज डराइरहेको बताउँछन्।

‘विभिन्न सोसियल मिडियाबाट कोरोनाको डरलाग्दो प्रचार भएको छ, यो संक्रमण हुनेवित्तिकै मृत्यु हुने खालको प्रचार भएकाले समाज डराएको हो,’ उनले भने, ‘सञ्चार माध्यम, नागरिक समाजबाट यो प्रचार गरेजस्तो भयानक होइन भन्ने सन्देश दिन पाएको भए केही सहज हुने थियो।’


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Banishment/shunning
Secondary Form Vandalism
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Secondary Cause Prejudice and Discrimination
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Totally damaged Vehicles 1
National/Online Media

0 Comments

Related Reports