Incident Reports

माइतीघरमा सरकारविरुद्ध प्रदर्शन

2020-06-13

Bagmati, Kathmandu, Kathmandu

काठमाडौंको माइतीघर मण्डलामा सरकारविरुद्ध प्रदर्शन सुरु भएको छ । युवाहरुको समूहले सामाजिक दूरी कायम गर्दै प्रर्दशन गरेका हुन् ।

सरकारले गरेको काम प्रभावकारी नभएको तथा अनेक विवादमा फसेको भन्दै युवाहरुले केही दिनयता देशैभर स्वतः स्फूर्त प्रदर्शन गरिरहेका छन्। सोही क्रममा आज माइतीघरमा प्रदर्शन गरिएको हो।

कोरोना परीक्षणमा सरकार असफल भएको दाबी गर्दै युवाहरुले पीसीआर परिक्षण बढाउन माग गरेका छन्।

मण्डलामा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ। तर प्रदर्शनकारीहरु स्वतःस्फूर्त रुपमा निस्किँदै सामाजिक दूरी कायम गर्न माग गर्दै प्ले कार्ड देखाइरहेका छन्। हस्तलिखित प्ले कार्ड मार्फत सरकारलाई युवाहरुले सचेत गराइरहेका छन्।

बिहीबार बालुवाटारमा प्रर्दशन गरेका युवाहरुले शुक्रवार बसन्तपुरमा प्रर्दशन गरेका थिए।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Secondary Cause Healthcare Management
Actor 1 - Number of people 200
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments