Incident Reports

बिर्तामोडमा युवाहरुको प्रदर्शन

2020-06-13

Province 1, Jhapa, Birtamod

बिर्तामोड– कोरोना रोकथाम तथा नियन्त्रणका लागि भएको खर्च विवरण पारदर्शी बनाउन माग गर्दै शनिबार झापाको बिर्तामोडमा प्रदर्शन भएको छ । बिर्तामोडको मुक्तिचोक वरपर भेला युवाहरुले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागी भएकाहरुले लिम्पियाधुरासहितको नयाँ नक्साका लागि सरकारलाई धन्यवाद दिएका छन् । उनीहरुले कोरोना नियन्त्रणको क्षेत्रमा भएको भनिएको १० अर्बको हिसाब मागेका छन् ।

क्वारेन्टिनलाई जोखिममुक्त बनाउन र शतप्रतिशत पीसीआर परीक्षण गर्न पनि उनीहरुले माग राखेका छन् । प्रदर्शनमा सहभागी केहीले अश्लिलता झल्किने प्लेकार्ड बोकेका थिए । प्रदर्शनमा नेविसंघ र राप्रपा निकटका युवाहरुको पनि सहभागिता देखिएको थियो । बिहान पानी परेकाले प्रदर्शन प्रभावित भएको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Secondary Cause Healthcare Management
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments