Incident Reports

डडेल्धुरामा क्वारेन्टिनमा बसेकाको रिपोर्ट नआई घर पठाएको भन्दै वडा कार्यालय घेराउ

2020-06-13

Sudurpashchim, Dadeldhura, Nawadurga, Ward 1

धनगढी : डडेल्धुरामा क्वारेन्टिनमा बसेकाहरुको कोरोना रिपोर्ट नआई घर पठाएको भन्दै वडा कार्यालय घेराउ गरिएको छ। क्वारेन्टिनमा बसेकाहरुको आरटिडी रिपोर्ट पोजेटिभ आएकोमा उनीहरुको पिसीआर रिपार्ट नआई घर पठाएको भन्दै जिल्लाको नवदुर्गा गाउँपालिका –१ कोटेलीको वडा कार्यालय घेराउ गरिएको छ। 

स्थानीयले टायर बालेर स्थानीय सरकारको विरोध गरेको स्थानीय युवा श्याम ओलीले बताए। ‘५६ जनाको आरडिटी रिपोर्ट पोजेटिभ आएको छ, त्यपछि पिसीआर परीक्षणका लागि धनगढी प्रयोगशालामा पठाइएकोमा उनीहरुको रिपोर्ट नआइकनै घर पठाइएको छ। स्थानीय सरकारले झन जोखिम बढाउने कार्य गरेको छ। साेही कारण यो प्रदर्शन गरेका हौं’ उनले भने।  स्थानियले उक्त विषयमा भोली पनि प्रदर्शन गर्ने अर्का युवा टंक अवस्थीले जानकारी दिए।   

 

शनिबार मात्रै नवदुर्गा गाउँपालिकाका २३ जनामा कोरोना पुष्टि भएको छ। धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा डडेल्धुराको नवदुर्गाका २३ र अमरगढीका गरी २४ जनामा कोरोना पुष्टि भएको सेती अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।

Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Secondary Form Demonstration
Weapons None
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Secondary Cause Healthcare Management
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments