Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-06-10

Bagmati, Lalitpur, Mahalaxmi, Ward 8

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा महालक्ष्मी नगरपालिका–८ लुभु डेरा गरी बस्ने   २० वर्षीय सन्दिप विश्वकर्मालाई ०७७ जेठ ३० गते प्रहरीले गिरफ्तार गरेको छ । आरोपितले जेठ १४ देखि २८ गतेसम्म डरत्रास देखाउनुका साथै मार्ने धम्की दिई बलात्कार गरेको पीडितकी आमाले बताउनु भयो ।

पीडितकी आमाले आरोपित विरुद्ध जेठ २८ गते महानगरीय प्रहरी वृत्त, सातदोबाटो, ललितपुरमा उजुरी दर्ता दिनु भएको थियो । आरोपितलाई उनकै डेरा कोठाबाट गिरफ्तार गरि जिल्ला अदालतबाट अनुसन्धानका पाँच दिनको लागि म्याद थप गरिएको महानगरीय प्रहरी वृत्त सातदोबाटो, ललितपुरका प्रमुख एवम् डिएसपी मित्रबन्धु शर्माले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण जेठ ३० गते पाटन अस्पतालमा गरिएको अस्पतालका निर्देशक डा. विष्णु शर्माले जानकारी दिनु भयो ।

दीपकप्रसाद घिमिरे

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Other types of GBV
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments