Incident Reports

क्वारेन्टिनमा बलात्कारः वडा कार्यालय तोडफोड गरेको भन्दै सेवा बन्द

2020-06-14

Sudurpashchim, Kailali, Lamkichuha, Ward 1

धनगढी – लम्कीचुहा नगरपालिका वडा नम्बर १ वडा कार्यालयले एक विज्ञप्ति जारी अनिश्चितकालका लागि कार्यालयबाट दिइने सेवा बन्द गरेको जनाएको छ ।

शनिबार राति लम्कीचुहा नगरपालिका वडा नम्बर १ शहीद स्मृति माविको क्वारेन्टिनमा भएको सामूहिक बलात्कार प्रकरणलाई लिएर जनप्रतिनिधिहरुलाई गालीगलौजका साथै कार्यालय तोडफोड गरेको भन्दै वडा कार्यालयले दोषीलाई कारबाहीको मागसहित सेवा बन्द गरेको हो ।

वडाअध्यक्ष जनकबहादुर बमले विज्ञप्ती जारी गर्दै जनप्रतिनिधिलाई गालीगलौज गरी तोडफोड गर्ने व्यक्तिलाई पक्राउ गरी कारबाही नगरेसम्म वडा कार्यालयबाट प्रवाह हुने सबै सेवा बन्द हुने जानकारी गराएका छन् ।

विज्ञप्तीमा उनले वडाका जनप्रतिनिधि र कर्मचारीको सुरक्षाको प्रत्याभुतिको माग समेत गरेका छन् । वडाध्यक्ष बमले जारी गरेको विज्ञप्तिमा उक्त घटनाप्रति खेद प्रकट गर्दै दोषीलाई कारबाहीको दायरामा ल्याएर पीडितलाई न्याय दिन माग पनि गरिएको छ ।

शहीद स्मृति माविको क्वारेन्टिनमा बसेकी ३१ वर्षीया महिलामाथि शनिबार राति तीनजनाको समूहले जबरजस्तीकरणी गरेको आरोप लागेको हो । उनीहरुलाई प्रहरीले आइतबार पक्राउ गरिसकेको छ ।

पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका वडा नम्बर १ का २२ वर्षीय किशोर परियार, २० वर्षीय लक्षण विक र १८ वर्षीय सर्जन विक रहेको प्रहरीले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons Blunt weapon
Primary Cause Others types of mob justice
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Mob (only Perpetrator)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Total damaged Buildings 1
National/Online Media

0 Comments