2020-06-15
नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारले गरेको खर्च पारदर्शी हुनुपर्ने बताएको छ।
सरकारले कोरोना नियन्त्रणमा भएको खर्चबारे सार्वजनिक गरिसकेको अवस्थामा नेविसंघले सोमबार काठमाडौंस्थित बानेश्वरमा प्रदर्शन गर्दै केमा कति रकम खर्च भएको पारदर्शी ढंगबाट सार्वजनिक गरिनुपर्ने माग राखेको हो।
नेविसंघले ‘सरकार, दश अर्बको हिसाब खोइ?’ जस्ता प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन्। नेविसंघ महामन्त्री दीपक भट्टराईले सरकारले कोरोना नियन्त्रण र रोकथाममा गरेका खर्च पारदर्शी नभएकोले प्रदर्शन गर्दै खबरदारी गरिएको बताए।
नेविसंघले देशैभरिका क्वारेन्टिन स्थल सुरक्षित र व्यवस्थित बनाउन सरकारले नसकेको पनि बताएको छ। क्वारेन्टिनमा महिलाको बलात्कारका घटना सार्वजनिक हुनुले क्वारेन्टिन व्यवस्थापन र सुरक्षामा सरकार चुकेको देखिने महामन्त्री भट्टराईको भनाइ छ।
नेविसंघ अध्यक्ष राजीव ढुंगानासहित केन्द्रीय पदाधिकारीको उपस्थितिमा नेविसंघ सडक प्रदर्शनमा उत्रिएको हो।
यो पनि:
तीन तहका सरकारबाट हालसम्म ८ अर्ब ३९ करोड खर्च: औषधि, जनशक्ति परिचालन र क्वारेन्टिन लगायतमा ५ अर्ब ६२ करोड निकासा
Violent / Non-violent | Nonviolent |
Primary Form | Demonstration |
Primary Cause | Other governance issues |
Secondary Cause | Healthcare Management |
Actor 1 - Number of people | 20 |
Actor 1 - Affiliations | Nepali Congress and affiliated org |
Actor 1 - Youth | youth |
Actor 2 - Number of people | n/a |
Actor 2 - Affiliation (Target) | Government and civil servants at central level |
Actor 2 - Youth | na |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD