Incident Reports

सरकारविरुद्ध बेनीमा एक घण्टा प्रदर्शन

2020-06-14

Gandaki, Myagdi, Beni

म्याग्दी : कोरोना भाइरस नियन्त्रणका लागि सरकारले लिएको नीति सुधार गर्न माग गर्दै बेनीका युवाले आइतबार एक घण्टासम्म सरकारविरुद्ध भद्र प्रदर्शन गरेका छन्। जिल्ला प्रशासन कार्यालय अगाडि जम्मा भएका युवाहरुले प्लाकार्डसहित भौतिक दूरी कायम गर्दै विरोध प्रदर्शन गरेका हुन्। बिहान १० देखि ११ बजेसम्म प्रशासन कार्यालय अगाडको चोकमा बसेर प्रदर्शन गरेका थिए।‘सरकारलाई खबरदारी गर्न सामाजिक सञ्जाल फेसबुकमार्फत अपिल गरेका थियौँ,’ प्रदर्शनको अगुवाई गरेका छवीलाल आचार्यले भने ‘बेतिथिको खबरदारी र सुधारका लागि दवाव दिन रचनात्मक शैलीमा प्रदर्शन गरेका हौ।’उनीहरुले पीसीआर बिधिबाट कोरोनाको परिक्षणमा तीव्रता दिनुपर्ने, बजेटको सही परिचालन गर्नुपर्ने, क्वारेन्टिनलाई मापदण्ड अनुसारको बनाउनुपर्ने, अनियमितता गर्नेलाई कारबाही गर्नुपर्ने, जनजिबन सहज बनाउनुपर्ने लगायतका माग राखेका थिए।भारतले कब्जा गरेको लिम्पीयाधुरा, कालापानी र लिपुलेकलाई नेपालको निशान छाप तथा संबिधानमै समावेश गर्ने वातावरण मिलाएकोमा सरकारलाई धन्यवाद समेत दिएका थिए। राष्ट्रिय मुद्दाका साथै स्थानीय विषयमा पनि जनप्रतिनिधिहरुलाई खबरदारी गरेका थिए। 


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Secondary Cause Healthcare Management
Actor 1 - Number of people 40
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments