Incident Reports

बलात्कार आरोपी पुर्पक्षका लागि थुनामा

2020-05-22

Gandaki, Kaski, Pokhara Lekhnath, Ward 13

१५ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा पोखरा–१३ मियाँपाटनका ३२ वर्षीय रहमत मियाँलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । उनीमाथि पोखराकै किशोरीलाई तीन दिनसम्म लेकसाइडको एक होटलमा लगेर जबर्जस्ती गरेको आरोप छ ।

कास्की जिल्ला अदालतका न्यायाधीश तेजेन्द्रप्रसाद सापकोटाको आदेशले उनी आइतबार थुनामा गएका हुन । यसैगरी घटनामा संलग्न भएको अभियोगमा होटल सञ्चालक विष्णुप्रसाद आचार्य ४ लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन् भने किशोरीकी सोल्टिनी पर्ने पूजा विक ५० हजार रुपैयाँ धरौटी बुझाउन नसक्दा थुनामै गएकी अदालतका सूचना अधिकारी रामचन्द्र उपाध्यायले बताए । मियाँलाई मुलुकी अपराध संहिता २०७४ को करणीसम्बन्धी कसुरअन्तर्गतको दफा २१९ को उपदफा ३ को ‘ग’ बमोजिम सजाय मागदाबी गरिएको थियो । उक्त दफामा १२ देखि १४ वर्षसम्मको कैदको व्यवस्था छ । होटल सञ्चालक आचार्य र पूजालाई पनि मुख्य कसुरदारसरह मतियार ठहर गरी अदालतमा पेस गरिएको थियो । प्रहरीले शुक्रबार उनीहरुलाई अदालत लगेको थियो । शुक्रबार र आइतबार थुनछेक बहस भएको थियो ।

जेठ ९ मा आफ्नी दिदीलाई भनेर किशोरी सोल्टिनीको घर जान हिँडेकी थिइन् । त्यसक्रममा मियाँले उनलाई बाटोमा भेटाएर लेकसाइड पुर्‍याएर फकाइफुल्याइ जबरजस्ती गरे । मियाँले काठमाडौं घुम्न जाने भनेका थिए ।

किशोरी नमानेपछि हात समाएर स्कुटीमा राखेर लेकसाइडको होटल टुलीप पोखरा इन प्रालिको २०१ नम्बर कोठमा पुर्‍याएका थिए । त्यस कोठामा उनले किशोरीलाई ३ दिनसम्म राखेका थिए । मियाँ चुरोट किन बाहिर निस्कँदा

किशोरीले दिदीलाई फोन गरेपछि मियाँ भागेका थिए । त्यसपछि किशोरी बाहिर निस्किएकी थिइन् । किशोरीकी दिदीले तीन जनाविरुद्ध सोही दिन कास्की प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Secondary Form Abduction
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Total Abducted 1
Female Abducted 1
Youth Abducted 1
National/Online Media

0 Comments