Incident Reports

कटुवा पेस्तोल सहित पक्राउ

2020-06-16

Madhes, Rautahat, Gujara, Ward 8

रौतहट, ३२ जेठ २०७७  

 गुजरा नगरपालिका-८ बस्ने ४० वर्षीय कर्मुल्लाह अंसारीलाई कटुवा पेस्तोल १ थान र सोही पेस्तोलमा लाग्ने लाइभ गोली २ राउन्ड सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।     वृन्दावन नगरपालिका-६ जयपुर हर्षाहा सडकमा हतियारको कारोबार हुँदैछ भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गरुडाबाट खटिएको प्रहरीलाई देख्नासाथ अंसारी भागेकाले नियन्त्रणमा लिई सोधपुछ गर्दा उक्त हतियार सहित फेला पारी उनलाई प्रहरीले पक्राउ गरेको हो ।    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

0 Comments