Incident Reports

बिरोधको नयाँ शैली : सामाजिक दुरीसहित पुस्तक पढेर प्रदर्शन

2020-06-16

Bagmati, Lalitpur, Lalitpur

सरकारले कोरोना भाइरसको नियन्त्रण तथा रोकथाम गर्न पर्याप्त कदम चाल्न नसकेको भन्दै पछिल्लो समय हरेक दिन जसो विरोध प्रदर्शन हुने गरेको छ।

अधिकांश समय प्रदर्शन गर्न मानिसहरु सडकमा हुलका हुल जम्मा भएर नारा लगाउने पुरानो परम्परा हो। तर, पछिल्लो समयमा प्रदर्शनका केही नयाँ शैली पनि देखिएका छन्।

यसै क्रममा केही युवाले फरक शैलीका साथ सरकारविरुद्ध प्रदर्शन गरेका छन्। उनीहरु पाटन दरबार स्क्वायरको परिसरमा भेला भएर सामाजिक दुरी कायम गरी पुस्तक पढेर प्रदर्शन गरेको पाइयो। तीन दिनदेखि उनीहरु यसरी नै पुस्तक पढेर प्रदर्शन गरिरहेका छन्।

विशेषगरी कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिरहेको अहिलेको अवस्थामा हुलका हुल जम्मा भएर प्रदर्शन गर्नु संक्रमणलाई बढावा दिनु जस्तै हो। त्यसैले ‘साइलेन्ट प्रोटेस्ट’ जस्ता प्रदर्शन अहिलेको लागि सुरक्षित र रचनात्मक मानिएको छ। यसबाट सरकारलाई खवरदावी गर्ने काम त भएको छ नै तर पुस्तकबाट उनीहरुले ज्ञान समेत पाएका छन्।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Secondary Cause Lockdown Enforcement
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments