Incident Reports

अनुदानको रासायनिक मल नपाएको भन्दै कृषि सामाग्री कम्पनीको कार्यालय घेराउ

2020-06-16

Lumbini, Dang, Lamahi, Ward 5

दाङ–धान खेतीको मुखकैमा रासायनिक मलको अभाव भएको छ। खेती गर्ने समयमा मलको अभाव हुदा किसान समस्यामा परेका छन्।

कृषि सामाग्री कम्पनीको गोदामा रासायनिक मल रहेपनि वितरण नगरेको भन्दै कृषि सामाग्री कम्पनी लिमिटेड लमही कार्यालय घेराउ गरेका छन्।

‘गोदाममा मल छ । तर, हामीले मल पाएनौं’लमही–५ निवासी वद्री चौधरीले भने–‘खेती गर्ने समयमा जहिले पनि मलको अभाव हुन्छ । कती मल चाहिन्छ भन्ने कुरा सरकारले कहिले थाहा पाउने हो ।’

यस बर्ष रासायनिक मलको अभाव नहुने बताइएको भएपनि धान खेती गर्ने समयमा मलको अभाव भएको छ । कृषि सामाग्री कम्पनी लिमिटेडले सहकारीलाई मल विक्रि गर्दै आएको छ। सहकारी मार्फत किसानले मल किन्दै आएका छन्।

कृषि सामाग्री कम्पनीको गोदाममा पाँच सय बोरा यूरिया स्टक छ । यो मल देउखुरीका ३४ सहकारी मार्फत वितरण गर्ने भएकाले मल अप्रयाप्त भएको निमित्त प्रमुख घनश्याम कहारले जानकारी दिए । डिएपी मल १२ बोरा मात्रै स्टक रहेको उनले बताए।

०७६ साउनदेखि ०७७ जेठ सम्म देउखुरी क्षेत्रमा एक हजार चार सय ७५ दशमलव एक सय ५० टन यूरिया मल आएकोमा २५ दशमलव ७५० टन वितरण हुन बाँकी रहेको छ।

यस्तै डिएपी एक हजार ५१ दशमलव २०० टन आएकोमा एक हजार ५० दशमलव १०० टन मल विक्रि भएको छ।

एक दशमलव १०० टन डिएपी बाँकी रहेको छ । अनुदानमा प्राप्त भएको मल ३४ ओटा सहकारीलाई अनुदानको रासायनिक मल वितरण गरिएको छ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
National/Online Media

0 Comments