Incident Reports

सप्तरीमा विद्यार्थीको प्रदर्शन

2020-06-17

Madhes, Saptari, Rajbiraj

राजविराज, असार ३ । कोरोनाभाइरसविरुद्ध सरकारले अपनाएको नीति सुधारको माग गर्दै बुधबार सप्तरीका विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । 

कोरोना नियन्त्रण तथा रोकथामको नाममा १० अर्ब रुपैयाँ खर्च गरिएको देखाइएपनि अझै ‘क्वारेन्टिन’सम्म पनि व्यवस्थित हुन नसकेको भन्दै उनीहरुले नाराबाजी गरेका हुन् । 

विद्यार्थीहरुले सदरमुकाम राजविराजस्थित गजेन्द्रचोकमा ‘सरकारलाई नै स्यानिटाइज गर्नुपर्ने’, ‘अब अति भो’लगायत लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका थिए । 

उनीहरुले ‘पीसीआर’ परीक्षणको दायरा बढाउनुपर्ने, क्वारेन्टिनहरु व्यवस्थित हुनुपर्नेलगायतका माग गरेका छन् । 

सरकारको गैरजिम्मेवारीका कारण क्वारेन्टिनमै बलात्कारजस्ता घटनाहरु हुन थालेपनि सरकार गम्भीर नभएको उनीहरुले आरोप लगाएका छन् । 

विद्यार्थीहरुले सरकारी बजेटको फजुल नियन्त्रण गर्न र बन्दाबन्दीलाई पूर्णरुपमा कार्यान्वयन गराउनेतर्फ पनि ध्यान पुर्‍याउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Secondary Cause Healthcare Management
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Students
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments