Incident Reports

कैलालीमा प्रहरीबाटै कुटिए एक युवक

2020-06-17

Sudurpashchim, Kailali, Godawari, Ward 6

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकामा एक युवकमाथि प्रहरीले नै कुटपिट गरेको छ। नगरपालिकाको वडा नम्वर ६ लालपुरका १९ बर्षीय चेतराज भट्टमाथि कुटपिट भएको हो।

अस्थायी प्रहरी पोष्ट बडेहामा रहेका प्रहरीले उनलाई मरणासन्न हुने गरि कुटपिट गरेका हुन्। बुधवार दिउँसो ११ बजे मिल जाँदै गरेका भट्टमाथि कुटपिट भएको हो।  

कुटपिटबाट घाईते भएका उनको अहिले अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भईरहेको छ। मोटरसाईकलमा गहु पिसाउन मिल गईरकेका बेला अस्थायी प्रहरी पोष्टका प्रहरीले धम्काउदै कुटपिट गरेको भट्टले बताए। 

हेलमेट किन नलगाएको भन्दै कुटपिट गरेको उनले बताए। यता ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी प्रमुख डिएसपी ज्ञान बहादुर बिष्टले अहिले घटनाका बिषयमा छलफल भईरहेको बताए। 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Violence against civilians
Weapons Unclear
Primary Cause Law and Order Violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
National/Online Media

0 Comments