Incident Reports

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

2020-06-15

Sudurpashchim, Kailali, Dhangadhi, Ward 4

१६ वर्षीया बालिकालाई जेठ २९ गते बलात्कार गरेको आरोपमा धनगढी उपमहानगरपालिका—४ का ४० वर्षीय बाबुविरुद्ध पीडित बालिकाकी आमाले दिएको उजुरी असार २ गते  जिल्ला प्रहरी कार्यालय, कैलालीले दर्ता गरेको छ ।

पीडित बालिकालाई पटकपटक बलात्कार गरिएको भन्दै पीडित बालिकाकी आमाले जिल्ला प्रहरी कार्यालयमा पतिविरुद्ध असार २ गते उजुरी दिनु भएको हो। उजुरी आएपछि आरोपितको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका सई मोहनबहादुर सिंहले टेलिफोनबाट इन्सेक प्रतिनिधिलाई बताउनु भयो ।

छोरीलाई पटकपटक बलात्कार गर्दै आएका भएपनि घटना सार्वजनिक गरेमा आमाछोरीलाई नै मार्ने धम्की दिइएकोले यसभन्दा अगाडि पतिविरुद्ध प्रहरीमा उजुरी दिन नसकेको तर यस पटक पति घरमा नभएको मौका छोपी प्रहरीमा उजुरी दिएको पीडित बालिकाकी आमाले टेलिफोनबाट इन्सेक प्रतिनिधिलाई बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण असार २ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको प्रहरीले जनायो।

​मैनामोती चौधरी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments