Incident Reports

भोजपुरमा बेवारिसे अवस्थामा पेस्तोल फेला

2020-06-19

Province 1, Bhojpur, Shadananda, Ward 2

भोजपुर, ५ असार । भोजपुरमा बेवारीसे अवस्थामा पेस्तोल फेला परेको छ । 

भोजपुरको षडानन्द नगरपालिका–२ ताबुबाट बेवारीसे अवस्थामा १ थान कटुवा पेस्तोल र बिष्फोटक पदार्थ बरामद भएको हो ।

बिहीबार दिउँसो इलाका प्रहरी कार्यालय दिङलाबाट गस्तिमा खटिएको प्रहरी टोलीले सो स्थानमा रहेको बाँदर रुङ्ने टहरोमा शंका लागि चेकजाँच गर्दा उक्त टहरोबाट १ थान कटुवा पेस्तोल, १ थान सकेट बम र २ थान डेटोनेटर बरामद गरेको हो ।

बरामद भएको सकेट बम नेपाली सेनासँग समन्वय गरी डिस्पोज गर्ने कार्य भइरहेको छ भने अन्य बरामद सामान सुरक्षित राखी थप अनुसन्धान अगाडि बटाइएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

National/Online Media

0 Comments