Incident Reports

कञ्चनपुरमा पहिले सुतेकी बहिनीको बलात्कार, त्यसपछि आत्महत्याको प्रयास

2020-06-17

बैतडीको मेलौली घर भएका वीरेन्द्र लुहार(दयाल) कञ्चनपुरस्थित आफ्नो फुपुको घरमा बस्दै आएका थिए। उनले फुपुकै ९ वर्षीया छोरीलाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ।

२२ वर्षीय दयालले आफ्नै बहिनीलाई बलात्कार गरेपछि आत्महत्याको प्रयास समेत गरेको उनका आफन्तले बताए। उनले भने ‘वीरेन्द्रले बालिकालाई बलात्कार गरेर राति नै भागेछ, हामीले रातभरि उसलाई खोज्यौँ, तर कहीँ भेटेनौँ, तर घटनाको दोस्रो दिन शुक्रबार घरमै आएर आत्महत्याको प्रयास गर्‍यो।’

बुधबार सबै सुतेका बेला ती बालिका रोईकराई गरेपछि सबै उनी सुतेको ठाउँमा गएर सोधपुछ गरेका थिए। सोही क्रममा उनले आफुमाथि बलात्कार भएको बताएकी थिइन। पिडितका आफन्त भन्छन्, ‘हामीले बालिकामाथि भएको आपराधिक घटनाका दोषीलाई रातभर खोज्यौँ, युवक नांगै भागेका रहेछन्, भोलिपल्ट आत्महत्याको प्रयास गर्दा प्रहरीलाई बुझायौँ।’

घटनापछि कञ्चनपुरकी अधिकारकर्मी माया नेगीले घटना निन्दनीय भएको र दोषीमाथि कानुनअनुसार कारबाही हुनुपर्ने माग गरेकी छिन्। उनले लकडाउनको मौका छोपी युवकबाट बालिका, युवती र महिला बलात्कारको सिकार भइरहेको भन्दै यस्ता घटना रोकथाम गर्न माग गरिन्। उता कञ्चनपुरका प्रहरी प्रवक्ता अमरबहादुर थापाले घटनाबारे अनुसन्धान भइरहेको बताएका छन्। 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments