Incident Reports

काठमाण्डौँमा शरीरमा बेसार र रातो रंग दलेर सरकारको विरोध

2020-06-20

Bagmati, Kathmandu, Kathmandu

काठमाडौंमा युवाहरुले शरिरमा बेसार र रातो रंग दलेर सरकारको विरोध गरेका छन्।

शनिबार युवाहरुले अनुहार र शरीरमा बेसार र रातो रंग दलेर सहिदगेटमा सरकार विरोधी प्रदर्शन गरेका हुन्।

शान्तिपूर्ण प्रदर्शनमा उनीहरुले सरकारले कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि प्रभावकारी काम नगरेको, भष्ट्राचार, हिंसा आदिलाई प्रश्रय दिएकोलगायतका विषयमा विभिन्न नारा र संकेतको प्रयोग गर्दै प्रदर्शन गरेका थिए।

सरकारले महामारीका बेलामा पनि जनताका समस्यालाई बेवास्ता गरेको भन्दै पछिल्लो समय युवाहरुले स्वस्फूर्त प्रदर्शनलाई देशव्यापी बनाएका छन्।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Secondary Cause Healthcare Management
Actor 1 - Number of people 150
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments