Incident Reports

सुदूरपश्चिम फाउण्डेसनका युवाहरुद्वारा प्रयोगशालाकर्मीमाथि हातपात

2020-06-20

Sudurpashchim, Kailali, Dhangadhi

धनगढी : सुदूरपश्चिम फाउण्डेसनका युवाहरुले धनगढीमा प्रयोगशालाकर्मीलाई हातपात गर्दै धम्की दिएको आरोप लागेको छ। प्रदेश सरकारको नाममा त्रिनगर नाकामा खाना खुवाउँदै आएको सुदूरपश्चिम फाउण्डेसनमा आवद्ध युवाहरुले सेती प्रादेशिक अस्पतालका प्रयोगशालाकर्मीलाई हातपात गर्दै धम्की दिएका हुन्।

‘आरडिटी परीक्षणका लागि उनीहरु सेती अस्पताल आएका थिए,’ प्रयोगशालाका ईन्चार्ज रमेश शाहीले भने, ‘केही युवाले यसरी काम गरेर हुन्छ ? तिमिहरुको काम गर्ने तरिका भएन भन्दै कुटपिटको धम्की दिएका थिए।’

उनले अहिले भने गालीगलौज र कुटपिटको धम्की दिने युवाहरुले माफी मागेको बताए। यता फाउण्डेसनका अध्यक्ष भरत शाहले भने मापदण्ड अनुसार परीक्षण गर्न आग्रह गरेको बताए। ‘आरडिटी परीक्षणका लागि रगतको नमुना संकलनको तरिका विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुुसार थिएन,’ उनले भने, ‘त्यो मापदण्ड अनुसार काम गर्नुस मात्रै भनेका हौँ। कसैलाई पनि धम्की दिएका छैनौँ।’

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (large group)
Secondary Form Threat/intimidation
Weapons None
Primary Cause Other governance issues
Secondary Cause Healthcare Management
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth unknown
National/Online Media

0 Comments