Incident Reports

डोजर र ट्याक्टर चलाउन पाउनुपर्ने माग राख्दै बाँदरझुलावासी आन्दोलित

2020-06-19

Bagmati, Chitawan, Madi

चितवन — बाटो बनाउँदा डोजर लगाउनु र ट्याक्टरले खेत जोत्‍नु कुनै नौलो विषय हैन । माडी नगरपालिकाको एउटा वस्ती बाँदरझुलामा भने यी दुवै कार्य गर्न बन्देज छ । बाँदरझुलालाई चितवन निकुञ्जले अतिक्रमित बस्ती मान्दै आएको छ ।

माडी नगरपालिकाले स्वीकृति दिए पनि निकुञ्जले रोकेपछि बाँदरझुलावासीहरु डोजर लगाएर बाटो बनाउन र खेतमा ट्याक्टरले जोत्न पाउनु पर्ने माग राखेर आन्दोलित भएका छन् ।

बाँदरझुलावासीले शुक्रबार चितवन राष्ट्रिय निकुञ्जको अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिको कार्यालयमा विभिन्‍न सात बुँदे माग राख्दै ताला लगाएका छन् । तर प्रमुख दुई माग डोजर र ट्याक्टरकै छ । ‘बाँदरझुलाको बाटो डोजर लगाएर मर्मत गर्दा चितवन राष्ट्रिय निकुञ्जले रोकेको छ । उक्त बाटोको मर्मत कार्य तत्काल सञ्चालन गर्न पाइयोस’ उनीहरुको पहिलो माग यस्तो छ । 


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Access/control of public land
Actor 1 - Number of people N
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments