Incident Reports

नगरसभा बहिष्कार गर्दै थलीमा कांग्रेसको प्रदर्शन

2020-06-21

Bagmati, Kathmandu, Kageshwori Manahora

नगरसभा बहिष्कार गर्दै नेपाली कांग्रेसले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका कार्यालय अगाडि प्रदर्शन गरेका छन्।

कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूले नगर परिषद बहिष्कार गरे भने यसअघि राखेका माग पूरा नभएको भन्दै कांग्रेसले प्रदर्शन गरेको हो।

वडा नम्बर २, ४ र ७ मा कांग्रेसले वडाध्यक्ष जितेको थियो।

‘हामी वडाध्यक्षसहित जनप्रतिनिधिले नगर परिषद बहिष्कार गर्‍यौं। नगरपालिका पुगेर नगर परिषद चलेको हलमा नगई फर्केको हुँ। पार्टीले पनि प्रदर्शन गरेको छ,’ वडा नम्बर ४ का अध्यक्ष भाइकाजी अधिकारीले सेतोपाटीसँग भने।

कांग्रेसले यसअघि २७ बुँदे माग मेयरसमक्ष राखेको थियो। जनताको हितका लागि विभेदरहित हिसावले काम गर्नुपर्नेलगायत माग रहेको अधिकारीले बताए। कांग्रेसले कोरोनाले असर गरेको भन्दै नगरबाट लगाइएका सबै करमा ५० प्रतिशतसम्म छुट दिनुपर्ने माग राखेको थियो।

माग पूरा हुने अवस्था नदेखिएपछि कांग्रेसले संघर्ष समिति नै बनाएर प्रदर्शन गर्दै आएको थियो।

‘कांग्रेसले जनहितमा उठाएका माग सम्बोधन हुने अवस्था नदेखिएपछि प्रदर्शन गर्नुपरेको हो,’ प्रदर्शनमा पुगेका कांग्रेस कार्यकर्ता मनिष सिंखडाले भने। राजनीतिक सहमतिविना नै नगरसभा भएकोले बहिष्कार गर्नुपरेको कांग्रेसले जनाएको छ।

कागेश्वरी मनोहराका कृष्णहरि थापाले नगर परिषद शनिबारदेखि नै सुरू भएको बताए। शिक्षक सरूवा गरेकोजस्ता माग कांग्रेसले उठाएकोले ती मागहरू पूरा गर्न नसकिने मेयर थापाको भनाइ छ।

नगरसभा वडाध्यक्षले बहिष्कार गरेछन् किन हो भन्ने प्रश्नमा उनले भने, ‘उहाँहरूले बहिष्कार गर्नुभएको छैन। हामीलाई पनि साथ दिनुभएकै छ, पार्टीको कार्यक्रममा पनि साथ दिनुभएको होला।’


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments