Incident Reports

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

2020-06-19

Madhes, Bara, Kalaiya, Ward 8

२२ वर्षीया महिलालाई असार ५ गते दिउँसो कलैया उमनपा–८ बरेवाका २२ वर्षीय उमेश यादव, सोही ठाउँका २१ वर्षीय मुकेश यादव र सोही वडाका वडा अध्यक्ष ६० वर्षीय दशै यादव भनिने विक्रम यादवले बलात्कार प्रयास गरेको आरोपमा पीडित परिवारले इन्सेक जिल्ला प्रतिनिधिको पहलमा जिल्ला प्रहरी कर्यालयमा आसर ५ गते उजुरी दिनु भएको छ ।

बलात्कर प्रयास गर्दा रोएर कराएको आवाज सुनेपछि ससुरा आएर बुहारीलाई अपशब्द नबोल्न र त्यसो नगर्न भनिरहँदा आरोपित मध्ये मुकेश र वडा अध्यक्ष दशै भनिने बिक्रमले शालको चिरपटले आक्रमण गरेको पीडित परिवारले जनाएको छ ।

घाइते उनको असार ५ गते कलैया अस्पतालमा उपचार गरी थप उपचारका लागि नेशनल मेडिकल कलेज बीरगंजको सघन कक्षमा उपचार भइरहेको छ ।

उनको दायाँ हातको कुहिनोमा चिरपटले लागेर मासु र नसामा चोट लागेकाले दुई ओटा टाका लागेको छ । टाउकोमा १४ ओटा टाका लागेको परिवारका सदस्यले बताउनु भयो ।

पीडित महिलालाई आरोपित मध्येका उमेशले दुबै गालामा झापड हानेकाले गाला सुनिएको पीडित परिवारका एक सदस्यले बताउनु भयो ।

वडा अध्यक्षको अगुवाइमा बलात्कार प्रयास भएकाले न्यायका लागि पहल गरिदिनु हुन इन्सेक जिल्ला प्रतिनिधि भोलानाथ पौडेललाई पीडित परिवारले निवेदन दिनु भएको छ ।

दुबै पक्षलाई राखेर सल्लाह गरी आवस्यक प्रक्रियामा जानका लागि प्रहरीले घटनाको अनुसन्धान सुरू गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी गौतम मिश्रले बताउनु भयो ।

भोलानाथ पौडेल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments