Incident Reports

अंगिराको न्यायका लागि बुटवलमा प्रदर्शन

2020-06-21

Lumbini, Rupandehi, Devdaha

 रुपन्देही देवदहकी १३ वर्षीया अंगिरा पासीको जातीय भेदभावकै कारण बलात्कारपछि हत्या भएको भन्दै न्यायका लागि प्रदर्शन गरिएको छ । जेठ १० गते देवदहकी १३ वर्षीया अंगिरालाई जनप्रतिनिधि र समाजका अगुवाहरूले छिमेकका २५ वर्षीय विरेन्द्र भरको जिम्मा लगाएर पठाएको केहि घन्टामै झुन्डिएको अवस्थामा शव भेटिएको थियो ।   

पासी परिवारले विरेन्द्र र उनको आमा र सानीआमा विरुद्ध बलात्कार, जातीय भेदभाव र हत्या अभियोगमा प्रहरीमा किटानी जाहेरी दिएका छन् । प्रहरीले अनुसन्धान अघि बढाएको भएपनि घटना लुकाउन सक्ने भन्दै दवाव दिन संयुक्त दलित संघर्ष समिति रुपन्देहीले आईतबार बुटवलमा खबरदारी गर्दै विरोध प्रदर्शन गरेको छ ।   

उक्त प्रदर्शनलाई सम्बोधन गर्दै संविधानसभा सदस्य तथा अधिकारकर्मी विनोद पहाडीले अंगिरा पासीको न्याय दिलाउने सवालमा महिला संगठन, संघसंस्था र राजनितिक दलहरू नबोलेको प्रति आक्रोश पोखे । उनले तराईको दलित समुदायको बालिकामाथि बर्बर अपराध हुँदा पनि अन्य समुदायहरू नबोल्नुले न्याय नपाउने डर देखिएको बताए । रुपन्देहीमा अंगिराको हत्यामा संलग्नलाई कारवाही नगरेको खण्डमा अदालतका विरुद्ध पनि सडकमा बोल्ने पहाडीको चेतावनी छ । रुकुम घटनामा संलग्नलाई कारबही नगरि अदालतबाट छाड्ने चलखेल भएकाले त्यसका विरुद्ध देशैभर दलित समुदाय आन्दोलनको मैदानमा रहेको समेत बताए ।   

दलितमाथिको विभेद अन्त्य गर्न माग गर्दै प्लेकार्ड प्रदर्शन गरिएको थियो । विरोधसभामा संयुक्त दलित संघर्ष समिति रुपन्देहीका संयोजक हरिओम विश्वकर्मा, दलित नेता रवि विश्वकर्मा, पदम विश्वकर्मा, अभियान्ता श्याम विक, नर बहादुर सुनारले न्यायका लागि सरकारलाई ध्यानार्कषण गराए । रुकुममा अन्तरजातीय प्रेम परिवारले अस्विकार गरि भएको ६ जना यूवाको हत्या र र रुपन्देही देवदहका अंगिरा पासीको न्यायका लागि विरोध प्रदर्शन भइरहेको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Secondary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Dalit Organizations
Actor 1 - Youth noyouth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments