Incident Reports

श्रीमानलाई रक्सि किन्न पठाई श्रीमतीकाे करणी

2020-04-27

Bagmati, Kabhrepalanchok, Mandandeupur, Ward 12

मण्डनदेउपुर नगरपालिका–१२ रामपुरस्थित आफ्नै घरमा पाहुना आएका श्रीमान्का साथीले २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेका छन् । लकडाउनमा पाहुना लाग्न गएका कान्छा पराजुलीले वैशाख १५ गते साँझको समयमा श्रीमान्लाई मादक पदार्थ किन्न पठाई श्रीमतीलाई जबरजस्ती करणी गरेका थिए ।

कान्छाले केही दिन उनको घरमा डोको बुनिदिएका थिए । दुई दिन डोको बुनिसकेपछि वैशाख १५ गते उनका श्रीमान् र कान्छाले रक्सी खाने सल्लाह गरे । दुवैले रक्सी खाए । रक्सी खाँदै जाँदा थप्न मन लाग्यो तर रक्सी थिएन ।

उनै कान्छाले महिलाको श्रीमान्लाई १ सय २० रुपियाँ दिएर रक्सी किन्न पठाए । श्रीमान्लाई रक्सी किन्न पठाएर श्रीमतीलाई कान्छाले जबरजस्ती गरेको महिलाको बयान छ । श्रीमतीलाई जबरजस्ती करणी गरेको श्रीमान्ले देखेलगत्तै कान्छा फरार भएका थिए ।

उनीहरूको एक सन्तान छन् । डेड वर्षअघि मात्रै उनीहरूको विवाह भएको थियो । वैशाख १५ गतेको घटना लकडाउनका कारण प्रहरीकोमा दर्ता हुन सकेन । जेठ ५ गते लकडाउन खुल्छ भन्ने लागेर प्रहरीलाई नभनेको उनीहरूले बताए । प्रहरीले उक्त घटनाको अनुसन्धान गरिरहेको छ । अकवीर भन्ने कान्छा पराजुली प्रहरीको नियन्त्रणमा छन् ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Total damaged Buildings 00
National/Online Media

0 Comments